newskoseli.Com

हुवावेमाथि गुगलको बन्धन, के होला स्मार्ट फोनको भविष्य ?

विश्वचर्चित सर्च इन्जिन तथा सफ्टवेयर एप्लिकेसन कम्पनी गुगलले विश्वकै दोस्रो सबैभन्दा ठूलो स्मार्टफोन निर्माता कम्पनी हुवावेको ‘एन्ड्रोइड’ अपरेटिङ सिस्टमका केही अपडेट रोक्ने निर्णय गरेको छ । यस कदमबाट चिनियाँ कम्पनी हुवावेलाई ठूलो धक्का पुग्ने भएको छ ।

अब नयाँ डिजाइनका हुवावे स्मार्ट फोनहरुमा गुगलका केही एप्ससम्मको पहुँच टुट्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले हालै विनाअनुमतिका कुनै पनि कम्पनीसँग अमेरिकाले व्यापार–व्यवसाय गर्न नसक्ने भन्दै हुवावे लगायतका अन्य कम्पनीहरुको नाम सूची प्रकाशित गरेको थियो । गुगलले भने आफूले निर्देशनअनुसार काम गरेको र यसको असरबारे पुनरावलोकन गरिरहेको जनाएको छ ।

हुवावेले पनि आफूले सेक्युरिटी अपडेट पठाउने काम जारी राख्ने तथा हालसम्म विश्वभरि बिक्री भइसकेका वा अझै स्टकमा रहेका स्मार्ट फोन र ट्याबलेट उत्पादनलाई सम्मान गर्दै बिक्री सेवा पनि सुचारु राख्ने जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर