newskoseli.Com

कतारको कथा : ‘नाकाबन्दीपछि झन् बलियो र आत्मनिर्भर’

कतारमाथि नाकाबन्दी लागेको दुई वर्ष भयो । छिमेकी साउदी अरेबिया, इजिप्ट, बहराइन र युनाइटेड अरब इमिरेट्स (यूएई) ले संयुक्त रूपमा लगाएको नाकाबन्दी भोग्दै छ कतार ।

५ जुन, २०१७ मा नाकाबन्दी लाग्दा कतार हतास देखिएको थियो । तर, कतारले देशवासीलाई नाकाबन्दीको अनुभव हुनै दिएन । ‘कठोर नाकाबन्दी चिर्दै कतार पूर्णतः आत्मनिर्भर बनेको छ,’ कतारी कूटनीतिज्ञहरू भन्छन्– ‘हामीले नाकाबन्दी बिर्संदै गएका छौं । ’

नाकाबन्दीले कतार दिनानुदिन अझ बलियो र आत्मनिर्भर बन्दै गएको छ । ‘हामी कतारी काम नै नगरी बस्दा पनि पुग्ने समुदायमा पर्छौं, यो छिपेको छैन,’ कतारी राजाकी बहिनी शेख हिन्दले ‘द गार्डियन’ सँग भनेकी थिइन्– ‘नाकाबन्दीले मुलुकभरि आत्मनिर्भर बन्ने दृढता र राष्ट्रप्रेमको लहर देखियो, जुन साँच्चै लोभलाग्दो छ । ’ कतारका अन्य उच्च अधिकारीबाट पनि यस्तै धारणा आइरहेको छ । यसबाट कतार २ वर्षमा साँच्चै आत्मनिर्भर मात्र होइन, उत्पादन गरेर विदेश निर्यात गर्ने राष्ट्रमा मा दरिन थालेको छ ।

नाकाबन्दीपछि कतारको मानवअधिकार समितिसँग न्याय मागिरहेका हजारौं मुद्दा सम्बोधन गर्दै अघि बढेको राजदूतको धारणा छ । नाकाबन्दी लगाउने ४ देशमा रहेका ११ हजार ३ सय ८७ कतारी परिवार यसबाट प्रत्यक्ष प्रभावित छन् । काम गर्न पाउने र अन्य अधिकार बाहेक ६ हजार ४ सय ७४ मुद्दा पारिवारिक मेलमिलापविरुद्धका भएको तथ्यांक मानवअधिकार संगठन कतारसँग रहेको जानकारी दिइएको खबर चन्द्रशेखर अधिकारीको बाइलाइनमा बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर