newskoseli.Com

विप्लव, विष्फोट र बन्दबारे के भने प्रचण्डले ? सत्ताधारी नेकपामा दुई धार (भिडियोसहित)

सरकारले ‘प्रतिबन्ध’ लगाएको भनिएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको विद्रोही नेपाल कम्युनिस्ट पार्टीलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारबारे सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र शीर्ष तहबाटै स्पष्ट दुई धार देखा परेको छ ।

विप्लव नेकपाले सोमबार आह्वान गरेको ‘नेपाल बन्द’ मूलतः सफल भएको छ । सोही बन्दप्रति प्रतिक्रिया जनाउने क्रममा सत्ताधारी नेकपाको शीर्ष तहबाट दुई धार व्यक्त भएको हो । सोमबार बिहान राजधानीको कोटेश्वरस्थित पार्टी मुख्यालय, दिउँसो बिराटनगर र अपराह्न फेरि राजधानीकै प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमहरुलाई सम्बोधन गर्ने क्रममा व्यक्त सत्ताधारी नेकपाका एक अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विप्लव नेकपाप्रतिका अभिव्यक्तिहरु विगतको तुलनामा निकै बढी संयमित, सन्तुलित, र वार्ताउन्मूख रहे ।

सोमबार नै संसदलाई सम्बोधन गर्दै गृहमन्त्री एवं पूर्वमाओवादी नेता रामबहादुर थापा ‘बादल’ ले पनि विप्लव र विद्रोही नेकपाप्रतिको अभिव्यक्तिमा विगतमा उनीबाट आउने उरन्ठेउला, अराजनीतिक, हीनताग्रस्त एवं कुण्ठाग्रस्त शैलीबाट मुक्त हुन खोजेको प्रतीत भयो । गृहमन्त्री थापाले कतिपय मनगढन्ते र कपोलकल्पित तथ्य–तथ्यांक संसदमा प्रस्तुत गरे तापनि उनको अभिव्यक्ति र शैली विगतभन्दा ‘सुधारात्मक’ रहेको स्पष्टै बुझिन्थ्यो । यद्यपि उनले ‘नागरिक नमरेको, विप्लवका कार्यकर्ता मरेको’ भन्दै संसदमै आफ्नो अविवेकीपनको परिचय भने सोमबार पनि दिए ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले भने सोमबार पनि विप्लव र विद्रोही नेकपाप्रति युद्ध र द्वन्द्व भड्काउन उद्दत, अपरिपक्व, अव्यावहारिक, अराजनीतिक र आफ्नो घटिया शैलीको अभिव्यक्ति नै कायमै राखे । सोमबार पनि उनले भने– ‘म त्यही आतंककारी समूहलाई सोध्न चाहन्छु– खासमा तिमीहरुको माग के हो ?’

माओवादी पंक्तिका पुराना, निष्ठावान् र सक्रिय थोरै पत्रकारहरुमध्येकी एक संगीता खड्काद्वारा लिखित ‘युद्धका ती दिन : एक पत्रकारको भोगाइ’ शीर्षक पुस्तकको राजधानीमा विमोचन गर्दै अध्यक्ष प्रचण्डले भने– ‘हाम्रै पुराना साथी विप्लवजीहरुले अहिले बम पड्काइरहनुपर्ने र हत्याहिंसाको बाटो अपनाउनुपर्ने परिस्थिति छैन, त्यसरी उहाँहरुले आफ्नो राजनीतिक उद्देश्य पूरा गर्न सक्नुहुन्न । वार्ता, छलफल र सहकार्यद्वारा समाजवादको बाटोमा मिलेर अगाडि बढ्नुको विकल्प नेपालका कुनै पनि कम्युनिस्टहरुसँग छँदैछैन ।’

पत्रकार खड्काको पुस्तमाथि महिला संघकी अध्यक्ष एवं सांसद अमृता थापा मगर, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठ, सञ्चारिका समूहकी पूर्वअध्यक्ष निर्मला शर्मा, पत्रकार सुधीर शर्मालगायतले टिप्पणी गरे । प्रभा बोगटीको उदघोषणमा कार्यक्रम सम्पन्न भयो ।

भिडियोमा हेर्नोस् अध्यक्ष प्रचण्डको पूरै सम्बोधन–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर