newskoseli.Com

माइक्रोसफ्टको चेतावनी : संसारभरका लाखौं कम्प्युटर जोखिममा !

विश्वकै नम्बर– १ सफ्टवेयर कम्पनी ‘माइक्रोसफ्ट’ ले आफ्नो ‘अपरेटिङ सिस्टम’ विन्डोज– एक्स्पी र विन्डोज– ७ इन्स्टल गरिएका संसारभरका लाखौं कम्प्युटर ‘मालवेयर’ को जोखिममा रहेको कुरा सार्वजनिक घोषणा गरिदिएको छ ।

विन्डोज– १० भन्दा अघिका सबै भर्सनका ‘अपरेटिङ सिस्टम’ को ‘सेक्युरिटी अपडेट’ बन्द गरिएको घोषणा गर्दै अब विन्डोज– १० मात्र प्रयोग गर्न ‘माइक्रोसफ्ट’ ले सम्बन्धित सबैमा आग्रह गरेको छ ।

‘विन्डोज– एक्स्पी’ र ‘विन्डोज– ७’ इन्स्टल गरिएका कम्प्युटरहरुमा ‘ब्ल्युकिप’ नामको ‘मालवेयर’ फैलिएको चेतावनी ‘माइक्रोसफ्ट’ ले दिएको छ । ‘ब्ल्युकिप’ सन् २०१७ मा विश्वभर चर्चित भएको ‘वानाक्राई मालवेयर’ जस्तै स्वतः एकबाट अर्को कम्प्युटरमा फैलने ‘माइक्रोसफ्ट’ ले जनाएको छ । यसले ह्याकरहरुलाई प्रयोगकर्ताका कम्प्युटरहरुसम्म सहजै पहुँच दिने भएकाले खतरनाक भएको माइक्रोसफ्टको भनाइ छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर