newskoseli.Com

नेकपाको ९ सदस्यीय सचिवालय : ६ जना ‘टोपीवाल’, ३ जना ‘मुडुले’ !

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ‘सर्वशक्तिमान’ कार्यकारी निकाय हो– केन्द्रीय सचिवालय । ९ जना शीर्ष नेताहरू सम्मिलित सचिवालयमा २ जना अध्यक्ष, २ जना वरिष्ठ नेता, २ जना पूर्वउपाध्यक्ष २ जना पूर्वमहासचिव र १ जना महासचिव रहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्षकमल दाहा ‘प्रचण्ड’ अध्यक्ष हुन् भने माधवकुमार नेपाल र झलनाथ खनाल वरिष्ठ नेता हुन् । त्यसैगरी, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ पूर्वउपाध्यक्ष हुन् भने रक्षामन्त्री र्एश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पूर्वमहासचिव हुन् । विष्णुप्रसाद पौडेल महासचिव रहेका छन् भने एक पूर्वउपाध्यक्ष नारायणकाजी श्रेष्ठ अहिले प्रवक्ता बनेका छन् ।

वरिष्ठ नेता झलनाथ खनाल पनि पार्टी प्रमुखकै हैसियतमा पूर्वमहासचिव र पूर्वअध्यक्ष बनिसकेका नेता हुन् भने अर्का वरिष्ठ नेता माधवकुमार नेपाल पनि पार्टी प्रमुखकै हैसियतमा लामो समयसम्म महासचिव रहिसकेका नेता हुन् । निकै पुराना, पाका र विभिन्न पृष्ठभूमि, पहिचान र इतिहास भएका यी नेताहरूको अनौठो सम्मिलन यतिबेलाको सत्ताधारी पार्टीको ‘हाइकमान्ड’ मा देखा परेको छ ।

अझ अनौठो त के छ भने यी ९ नेतामध्ये ६ जना सार्वजनिक कार्यक्रम, समारोह र बैठकहरूमा टोपी ढल्काएर उपस्थित हुन्छन् भने ३ जनाले प्रायः टोपी लगाउँदैनन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकको यो तस्बिरले पनि त्यही कुरा देखाइरहेको छ । अध्यक्षद्वय ओली र प्रचण्ड तथा एक जना वरिष्ठ नेता माधवकुमार नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल र विष्णुप्रसाद पौडेल ‘टोपीवाल’ नेताका रुपमा देखिएका छन् भने अर्का वरिष्ठ नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापा चाहिँ ‘मुडुले’ नेताका रूपमा प्रस्तुत भएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर