newskoseli.Com

विप्लवकी नेतृ भृकुटी राजधानीबाटै समातिइन्, अध्यक्ष चन्द पनि जेलमै

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की केन्द्रीय महासचिव धिरेन्द्रा उपाध्याय ‘भृकुटी’ लाई मंगलबार प्रहरीले राजधानीमा पक्राउ गरेको छ ।

नेतृ उपाध्यायलाई प्रहरीले काठमाडौंको बुढानीलकण्ठबाट दिउँसो गिरफ्तार गरेको अनेमसंघ (क्रान्तिकारी) ले जनाएको छ । विप्लव नेकपाले बुधबारका लागि आह्वान गरेको बन्दको पूर्वसन्ध्यामा महासचिव भृकुटीलाई प्रहरीले गिरफ्तार गरेको हो । उनी पूर्वसभासद समेत हुन् ।

साउन ४ मा गिरफ्तार परेका नेकपाका उपत्यका ब्युरो इन्चार्ज माइला लामाको रिहाईको माग गर्दै नेकपाले बुधबार बागमती र नारायणी ब्युरो तजा जनकपुर ब्युरोका रामेछाप र दोलखा बन्द आह्वान गरेको छ । सोही संगठनकी केन्द्रीय अध्यक्ष बन्धु चन्द समेत लामो समयदेखि जेलमै छिन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर