newskoseli.Com

मान्छेको रगत समेतको कृत्रिम उत्पादन सुरू, जो जुनसुकै बिरामीलाई काम लाग्छ !

तस्बिरः सामाजिक सञ्जालबाट

विज्ञान–प्रविधिको उच्चतम विकासले संसारभर आश्चर्यजनक उपलब्धि हासिल भैरहेका छन् । यसै मेसोमा पछिल्लो पटक वैज्ञानिकहरूले प्रयोगशालाबाटै मान्छेको शरीरमा चढाउन मिल्ने रगतको आविषकार गरेका छन् ।

वैज्ञानिकहरुले हालै आविष्कार गरेको कृत्रिम रगत जुनसुकै रोग लागेका र सबैखाले ‘ब्लडग्रुप’ का बिरामीलाई दिन सकिने बताइएको छ । जापानको टोकोरोजावास्थित ‘नेसनल डिफेन्स मेडिकल कलेज’ मा त्यस्तो कृत्रिम रगतको सफलतापूर्वक प्रयोग गरिएको हो । यो रगतलाई सामान्य तापक्रममै एक वर्षसम्म सुरक्षित राखेर प्रयोग गर्न सकिने बताइएको छ ।

अन्तर्राष्ट्रिय अखबार ‘डेलीमेल’ ले जनाए अनुसार मानव शरीरको रगतमा हुनुपर्ने सबै तत्त्व भएको रगत बनाउन जापानी वैज्ञानिकहरू सफल भएका हुन् । उक्त समाचार अनुसार प्रयोगशालामै बनाइएको कृत्रिम रगतमा ब्लड सेल्स, अक्सिजन, प्लेटेलेट्सलगायतका रगतमा हुनुपर्ने सबै तत्त्व उपलब्ध छन् । र, यो कृत्रिम रगतको सफलतापूर्वक परीक्षण समेत भैसकेको छ ।

प्रयोगशालामा बनाइएको रगतलाई दसवटा खरायोमा गरिएको परीक्षणमा सफल देखिएको छ । रगतको अभावमा स्वास्थ्य समस्या देखा परेका छवटा खरायो यो रगतको प्रयोगद्वारा स्वस्थ भैसकेका छन् । भविष्यमा रगतको अभाव हुन नदिने गरी आफूहरुले काम गरिरहेको वैज्ञानिकहरुले बताएका छन् ।

रगतकै अभावका कारण अबको विश्वमा कसैले पनि मर्नु नपर्ने ती वैज्ञानिकहरुको दावी छ । ग्रामीण क्षेत्रमा रगतको अभावमा जीवन बचाउन असफल हुने विगतको तीतो अनुभूति अब कहिल्यै नदोहोरिने जापानस्थित नेसनल डिफेन्स मेडिकल कलेजका वैज्ञानिक मनाबू किनोशिताले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर