newskoseli.Com

मोबाइलकाे ब्याट्री बनाउने ३ वैज्ञानिकले पाउँदै नोबेल पुरस्कार, को–को हुन् ?

रसायनतर्फ यस पटकको नोबेल पुरस्कारको घोषणा गरिएको छ । रसायन क्षेत्रमा वर्ष २०१९ को नोबेल पुरस्कार अमेरिकाका जोन भी गुडइनफ, ब्रिटेनका स्टेनली विटिङ्घम र जापानका अकिरा योशिनोलाई प्रदान गरिने भएको छ ।

मोबाइल फोनलगायतका पोर्टेबल डिभाइसहरुमा सबभन्दा प्रभावकारी मानिएको ‘लिथियम आयन’ ब्याट्री बनाउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै यी तीनै जना वैज्ञानिकलाई पुरस्कार दिने घोषणा गरिएको रोयल स्विडिस एकेडेमी अफ साइन्सले जनाएको छ । ९७ वर्षका गुडइनफ नोबेल पाउने सबैभन्दा बढी उमेरका व्यक्ति हुन् ।

१९०१ देखि अहिलेसम्म ११० पुरस्कार रसायनमा दिइएका छन् । हालसम्म १८१ जनालाई यो पुरस्कार दिइएको छ । सन् १९१६, १९१७, १९१९, १९२४, १९३३, १९४०, १९४१ र १९४२ मा यो पुरस्कार कसैलाई दिइएन ।

सबैभन्दा पहिले म्याडम क्युरिले पाएको यो पुरस्कार हालसम्म जम्मा ५ जना मात्र महिलाले पाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर