newskoseli.Com

भाइटीकामा २५ लाख माला चाहिन्छ राजधानीका लागि !

यस वर्षको तिहारमा साना–ठूला गरी ३ लाख माला भारतबाट आयात हुने अनुमान गरिएको छ । राजधानीमा बसोवास गर्ने नेपालीका लागि वर्षैपिच्छे भारतबाट माला आयात हुने गरेको तथ्याङ्क छ ।

नेपालमा लगातार गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी भएको २३ वर्ष पुगेको छ तर माला र फूल आयातमा भने कमी आएको छैन । २०५३ देखि फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै आएको हो । राजधानीवासीका लागि भाइटीकाका दिन झन्डै २५ लाख मालाको आवश्यकता पर्ने फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) का महासचिव विश्वमणि पोखरेलले जानकारी दिएका छन् ।

गत वर्ष झन्डै २० करोड रुपैयाँको विभिन्न जातका फूल आयात भएको फ्यानका अध्यक्ष कुमार कसजुले बताए । फूलको माग दैनिक बढिरहे तापनि उत्पादनमा भने खासै वृद्धि हुन सकेको पाइँदैन । चार वर्ष पहिले नेपालले भारतबाट ४ करोड रूपैयाँका विभिन्न फूल आयात गरेको तथ्याङ्क छ । तथ्याङ्कलाई केलाउँदा नेपालमा वर्षको ५ करोड रूपैयाँका दरले फूलको आयात बढ्दै गएको देखिन्छ ।

नेपाली फूलको माग तिव्बत, मलेशिया, अमेरिका, थाइल्याण्डमा समेत भए तापनि उत्पादन भने बढाउन सकिएको छैन । फूलखेती व्यावसायिक ढङ्गले सुरुआत भएको २५ वर्ष पुगेको छ । सन् २०११ देखि नेपालमा प्राइभेट नर्सरीको स्थापनासँगै सामान्यस्तरमा सुरु भएको फूल व्यवसाय आर्थिक वर्ष २०७५–७६ सम्म आपुग्दा ४३ जिल्लामा विस्तार भैसकेको छ ।

यस्ताे छ सरकारी विवरण

पहिलो पटक २०७२ मा केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नेपाल व्यावसायिक पुष्पखेती सर्वेक्षण २०७२–७३ ले ३६ जिल्लामा ५ सय ६१ व्यवसायीले पुुष्पखेती सञ्चालन गरेको उल्लेख छ । त्यसको ४ वर्षमा जम्मा २ सय ३९ व्यवसायी वृद्धि भई हाल ८ सय पुगेको फ्यानले जनाएको छ । ४ वर्ष पहिले १ सय ४३ हेक्टरमा भएको पुष्पखेती हाल १ सय ४९ हेक्टरमा विस्तारित भएको छ । पुष्प व्यवसायका क्षेत्रमा ४ वर्षअघि ३८ हजारले रोजगारी पाएकोमा अहिले ४३ हजार व्यक्तिले प्रत्यक्ष–अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।

भौगोलिक विविधता र अनुकूल वातावरणका कारण नेपालमा थरिथरिका आकर्षक फूलखेती गर्न सकिन्छ र पनि अर्काको देशबाट आयात भइरहेकाले पुष्पखेतीतर्फ भने खासै आकर्षण देखिँदैन । यहाँ तिव्बत, मलेशिया, अमेरिका, थाइल्याण्डलगायतका मुलुकमा नेपाली जातका फूलको प्रशस्तै माग भएको बताइन्छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर