newskoseli.Com

टुंगियो तिहारको विवाद : ‘१३ गते होइन, १२ गते नै भाइटीका’

यस वर्षको तिहार पर्वका सम्बन्धमा भ्रम सिर्जना गर्ने गरी विभिन्न माध्यमबाट भइरहेको प्रचारप्रसारका पछि नलाग्न नेपाल पञ्चाङ्ग निर्णायक समितिले आह्वान गरेको छ । समितिले आइतबार विज्ञप्ति प्रकाशित गरी कात्तिक ८ गते शुक्रबारदेखि यमपञ्चक सुरु हुने र १२ गते भाइटीका सम्पन्न हुने जनाएको छ ।

कात्तिक ८ देखि यमदीपदान सुरु हुन्छ भने ९ गते शनिबार कागतिहार, १० गते आइतबार कुकुर तिहार र लक्ष्मीपूजा, ११ गते सोमबार गाईगोरु र आत्म (म्ह) पूजा पर्ने समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले जारी गरेको विज्ञप्तिमा प्रष्ट्याइएको छ । यसैगरी, कात्तिक १२ गते मङ्गलबार गोवर्द्धनपूजा, यमद्वितीया र भाइटीकाका साथै किजापूजा र नेपाल सम्बत् मनाउनुपर्ने समितिको निर्णय छ ।

यसै अनुसार तिहार पर्व मनाउन समितिले ज्योतिष, धर्मशास्त्रलगायत विभिन्न विषयका विद्वानसँगको राय सुझावपछि निर्णय गरेको हो । केही व्यक्तिले कात्तिक १३ गते भाइटीका गर्ने भनी गरिरहेको प्रचारप्रसार शास्त्रसम्मत नहुने जानकारी सदस्य सचिव ढुङ्गेलले दिएका छन् ।

समितिले २०७७ को असोज महिनामा अधिकमास (मलमास) पर्ने समेत जानकारी गराएको छ । विभिन्न धार्मिक कृत्यका लागि एक वर्ष अघि नै मलमासको जानकारी आम मानिसलाई दिनुपर्ने भएकाले सो कुरा समेत अहिल्यै सार्वजनिक गरिएको ढुङ्गेलले बताएको खबर राससले प्रेषित गरेको छ ।

थप यो पनि पढ्नुहोस्–
गीतसङ्गीत, देउसीभैलो, मदिरा र पटाकासम्ममा गृह मन्त्रालयको यस्तो चेतावनी !
तिहारको मुख्य आकर्षण यसपत्री फूल : यसरी उमारिन्छ, हुर्काइन्छ र फूलाइन्छ

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर