newskoseli.Com

नेपाल टेलिकमका आकर्षक ‘तिहार अफर’

नेपाल टेलिकमले नेपालीको महान् चाड तिहार, छठ र नेपाल सम्बतका अवसरमा गत वर्षहरुमा जस्तै यस वर्ष पनि सो कम्पनीका विभिन्न सेवामा आकर्षक छुट उपलब्ध गराउने भएको छ ।

टेलिकमले मोबाइल रिचार्ज गर्दा बोनस उपलब्ध गराउने भएको छ । यसअघि नै उपलब्ध फोरजी/एलटीई र अन्य सेवामा विशेष छुटसहितका अफरलाई समेत टेलिकमले निरन्तरता दिएको छ । कात्तिक १० देखि १६ सम्म रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने टेलिकमले जनाएको छ ।

यस योजनामा ५०, १ सय र २ सय रुपैयाँको रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत र ५ सय र १ हजार रुपैयाँको रिचार्ज कार्डबाट रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ । ५०, १ सय र २ सय रुपैयाँको बोनस ३ दिनभित्र र ५ सय तथा १ हजार रुपैयाँको बोनस पाँच दिनभित्र उपयोग गरिसक्नु पर्नेछ ।

त्यसैगरी, एमपोसबाट १० देखि ४ सय ९९ रुपैयाँसम्मको रिचार्ज गर्दा १० प्रतिशत र ५ सय रुपैयाँ वा सोभन्दा माथिको रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध हुनेछ । सो बोनस पनि क्रमशः ३ दिन र ५ दिनभित्र उपयोग गरिसक्नु पर्नेछ । त्यस्तै, फोरजी/एलटीई सिम परिवर्तन गर्दा कुनै शुल्क लाग्ने छैन । अर्को सूचना नभएसम्म यो अफर निरन्तर रहने छ । ग्राहकले *444# डायल गरी सिम परिवर्तन गर्नुपर्ने वा नपर्ने थाहा पाउन सकिनेछ ।

टेलिकमले पहिलो पटक फोरजी–एलटीई नेटवर्कमा रजिस्टर हुने ग्राहकलाई दुई दिनको समयावधि सहितको २०० एमबी डाटा बोनसका रुपमा उपलब्ध गराएको छ । यो छुट कम्पनीले अर्को सूचना प्रकाशित गरी सूचित नगरेसम्म जारी रहने छ । हाल टुजी र थ्रिजी नेटवर्कमा सिम चलाइरहेका ग्राहकले *444# डायल गरी फोरजी नेटवर्कमा आबद्ध हुन सक्ने खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर