newskoseli.Com

‘आर्थिक संकट’ मा संयुक्त राष्ट्रसंघ : अमेरिकाले तिरेन शुल्क, कर्मचारीलाई तलब खुवाउनै समस्या !

संयुक्त राष्ट्रसंघ चरम ‘आर्थिक संकट’ मा परेको छ । राष्ट्रसंघीय मुख्यालयले मातहतका निकायलाई अनावश्यक यात्रा, बैठक, सभा–सम्मेलन नगर्न र मितव्ययी बन्न पत्राचार गरेको छ ।

राष्ट्रसंघले हालसम्मकै सबैभन्दा चर्को आर्थिक संकट व्यहोरिरहेको तथ्यसहित महासचिव एन्टोनियो गुटेरसले पत्राचार गरेका छन् । राष्ट्रसंघ विश्वका १ सय ९३ मुलुकको साझा अन्तर्राष्ट्रिय संस्था हो । सदस्य राष्ट्रमध्ये १ सय ३४ राष्ट्रले मात्र पूर्ण शुल्क बुझाएका छन् । अमेरिकासहित ५९ राष्ट्रले शुल्क बुझाएका छैनन् । ती राष्ट्रलाई शुल्क बुझाउन ताकेता गरिएको राष्ट्रसंघका प्रवक्ता स्टेफन दुजारिकले बताए ।

विभिन्न मुलुकले गरी राष्ट्रसंघलाई १ अर्ब ३० करोड अमेरिकी डलर तिर्न बाँकी छ । त्यसमध्ये अमेरिकाले १ अर्ब डलर तिर्नुपर्ने रोयर्टसले जनाएको छ । यसबाहेक अमेरिकाले निर्दिष्ट कार्यक्रममा खर्च पनि ठूलै उपलब्ध गराउँदै आएको छ । अमेरिका, जापान, चीन, युरोपेली मुलुकले यस्ता खर्च बढी उपलब्ध गराउँदै आएका छन् ।

राष्ट्रसंघमा बजेटको अभाव परिरहने भए पनि यस्तो संकट भने पहिलो पटक खेप्नुपरेको अधिकारीहरूले बताएका छन् । ‘हामी आर्थिक अभावले गम्भीर मोडमा छौं,’ एक आवासीय प्रतिनिधिले टेलिफोनमा भने– ‘महासचिवले नै राष्ट्रसंघ संकटमा परेको विषय पटक–पटक बाहिर ल्याउनुभएको छ ।’

सुन्दा अपत्यारिलो लाग्ने विश्व संस्थाको आर्थिक संकटसम्बन्धी यो खबर चन्द्रशेखर अधिकारीको बाइलाइनमा शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर