newskoseli.Com

६ तस्बिरमा हेर्नोस् बंलादेशी राष्ट्रपतिको फेवातालमा जलबिहार

सबै तस्बिरः बासुदेव पौडेल/रासस

बंलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पोखरा भ्रमणको क्रममा बिहीबार फेवातालमा पत्नीसहित जलबिहार गरे । राष्ट्रपति हमिदको बिहारका बेला फेवातालको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

फेवातालमा जलबिहार सकिएपछि राष्ट्रपति हमिदको सम्मानमा फिस्टेल होटलमा दिवाभोजको आयोजना गरियो । दिवाभोजमा गण्डकी प्रदेश प्रमुख अमिक शेरचन, कार्यवाहक मुख्यमन्त्री किरण गुरुङ, प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी, प्रदेशसभामा प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, सांसद खगराज अधिकारीलगायत सहभागी भए ।

दिवाभोजलगत्तै राष्ट्रपति हमिद रुपाकोट पुगेर पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर