newskoseli.Com

के हो गायिका आस्था राउत र प्रहरीबीचको लफडा ? (भिडियाे र स्ट्याटससहित)

गायिका आस्था राउतले आफूमाथि प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार भद्रपुर जाने क्रममा चेकिङ हुँदा एक महिला प्रहरीले दुर्व्यवहार गरेको भन्दै आस्थाले सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत भिडियो ‘लाइभ’ गरेर आक्रोश पोखेकी थिइन् ।

गायिका राउतको सो भिडियोका कारण प्रहरीको बदनाम भएको भन्दै प्रहरी प्रधान कार्यालयले छानबिन सुरु गरेको छ । प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी कार्यालय रानीपोखरीको टोलीले संयुक्त रूपमा सो भिडियोबारे अनुसन्धान थालेको छ । नेपाल प्रहरीका प्रवक्ता शैलेश थापाका अनुसार सो भिडियो प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल समेतले हेरेपछि छानबिनका लागि सम्बन्धित निकायमा पठाइएको हो । ‘ड्युटीका क्रममा एक प्रहरीले दुःख दिएको भनेर उजुरी दिन सकिन्छ तर सम्पूर्ण प्रहरी प्रशासनमाथि नै आक्रोश पोख्नु गलत हो, उहाँले विमानस्थलमा आफूमाथि दुर्व्यवहार गरिएको भन्नुभएको छ, यस सम्बन्धमा गम्भीर छानबिन हुनेछ’– प्रवक्ता थापाले भने ।

यस्ताे हाे घटनाक्रम…

भद्रपुरमा ओर्लिएलगत्तै चढेको गाडीबाटै आस्थाले ‘फेसबुक लाइभ’ गरेको सो भिडियो ‘भाइरल’ भएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको हो । चेकजाँचका क्रममा महिला प्रहरीले आफूलाई ‘तँ’ भनेर सम्बोधन गरेको आरोप आस्थाले लगाएकी छन् । भिडियोमार्फत आस्थाले प्रहरीलाई ‘डन्ठे’, ‘बन्दुके’ जस्ता शब्द प्रयोग गरेकी छन् ।

सांगीतिक प्रस्तुतिका निम्ति सिक्किम हिँडेकी आस्था उड्ने क्रममा फ्लाइट ‘डिले’ भएको थियो । २५ मिनेट १७ सेकेन्ड लामो सो भिडियोमा उनले ‘प्रहरी मेरो साथी’ भन्ने नारा मजाक मात्र भएको बताएकी छन् । ‘फ्लाइट छुट्न लागेको जानकारी गराउँदै छिटो चेक गरिदिन अनुरोध गर्दा एक महिला प्रहरीले झर्केर ज्याकेट खोल्न भनिन्, फेरि उनले मलाई ‘ज्याकेट खोल् भनेको सुनिनस्’ भनिन् । ममाथिको दुर्व्यवहार अरुले देखिरहेका थिए । हामी कलाकारमाथि त यस्तो रुखो व्यवहार हुन्छ भने सर्वसाधारणलाई कस्तो होला ?’ उनले भनेकी छन् ।

भिडियोमा प्रयुक्त शब्दहरु र आक्रोशलाई लिएर आलोचना भएपछि उनले ‘फेसबुक’ बाट उक्त भिडियो ‘डिलिट’ गर्दै शब्दचयनप्रति माफी मागेकी छन् । ‘रिसको आवेगमा बेद पढिँदैन, मलाई पनि त्यस्तै भयो । इनएप्रोप्रियट वर्डसका लागि क्षमा चाहन्छु । प्रशासनको हेक्टिक कामहरुप्रति मलाई सधैं नै रेस्पेक्ट छ तर सर्वसाधारणहरुसँग बोल्दा तुच्छ व्यवहार नगरियोस् । तँ–तँ र म–म गर्न बन्द गरियोस् । नैतिक शिक्षाको कमी नरहोस्, गिभ रेस्पेक्ट, टेक रेस्पेक्ट’– उनले लेखेकी छन् ।

यस्ताे छ उनकाे भिडियो ‘लाइभ’–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर