newskoseli.Com

चिनियाँ–अमेरिकी राष्ट्रपतिबीच वार्तालाप : ट्रम्पले भने– ‘मच रेस्पेक्ट !’

फाइल तस्बिर

विश्वमहामारीका रूपमा फैलिइरहेको कोरोनाभाइरसको नियन्त्रणका सम्बन्धीमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच वार्तालाप र छलफल भएको अमेरिकी राष्ट्रपति ट्रम्पले जनाएका छन् ।

‘भर्खरै चीनका राष्ट्रपति सी जिनपिङसँग धेरै राम्रो कुराकानी भयो,’ सामाजिक सञ्जाल ‘ट्विटर’ मा शुक्रबार ‘ट्विट’ लेख्दै राष्ट्रपति ट्रम्पले भनेका छन्– ‘हाम्रो ग्रहको ठूलो हिस्सालाई विनष्ट गर्दै गैरहेको कोरोनाभाइरसबारे विस्तृत छलफल गरियो ।’

उनले अगाडि भनेका छन्– ‘चीनले यसकाे कष्ट भोगेका कारण राम्रो ज्ञान हासिल गरिसकेको हुनाले हामी मिलेर अगाडि बढ्न सहमत भएका छौं । मच रेस्पेक्ट !’

यस्तो छ ट्रम्पको ‘ट्विट’, जस्ताको तस्तै–

यो पनि पढ्नुहोस्–
अमेरिका बन्यो कोरोनाको केन्द्र : उछिन्यो चीन, इटालीसहित सबै राष्ट्रलाई

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर