newskoseli.Com

‘लसुन, प्याज र मह अलि बढी खाऊ, कोरोनाबाट बच’ !

आफ्नो देशमा एक जना समेत कोरोनाभाइरसका संक्रमित नभएको दाबी गर्दै आएको उत्तर कोरियाको सरकारले कोरोनाभाइरसको संक्रमणबाट बच्न विभिन्न नियम लागू गरेको छ ।

कोरोनाभाइरसबाट बच्न के–के गर्नुपर्छ भनेर उत्तर कोरियाले आफ्ना नागरिकलाई थुप्रै निर्देशन दिएको छ । डाक्टरको सल्लाहविना कुनै पनि औषधि नखान र मनलाग्दो गरी एन्टिभाइरल औषधि नखान त्यहाँको सरकारले नागरिकलाई भनेको छ ।

उत्तर कोरियाली सरकारले मानिसहरुलाई रक्सी नपिउन पनि सल्लाह दिइएको छ । रक्सी पिउँदा रोग प्रतिरोधी क्षमता कम गराउने भन्दै सरकारले नागरिकलाई सचेत गराएको छ । रोग प्रतिरोधी क्षमता (इम्युन पावर) बलियो बनाउनका लागि पारम्परिक तरिका पालना गर्न पनि त्यहाँकाे सरकारले नागरिकलाई सुझाएको छ ।

खानपिनमा अघिपिछको तुलनामा धेरैभन्दा लसुन, प्याज र मह समावेश गर्न उत्तर कोरियाले आफ्ना जनतालाई सल्लाह दिएको छ । अनिवार्यतः मास्क लगाउन पनि सरकारले जनतालाई सल्लाह दिएको छ ।

यो पनि पढ्नोस्–
९ मुलुकलाई छोएन कोरोनाले : कुन–कुन देश हुन् त ?

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर