newskoseli.Com

‘अबको ६ महिनामा कोरोनाविरुद्धको खोप तयार हुन्छ’ : बेलायती वैज्ञानिक

विश्व महामारीको रुप लिइरहेको कोरोनाभाइरस (कोभिड– १९) विरुद्धको खोप अबको ६ महिनापछि सर्वसाधारणको प्रयोगमा आइसक्ने गरी तयार हुने दावी बेलायती वैज्ञानिकले गरेकी छन् । कोरोनाभाइरसविरुद्धको भ्याक्सिनकाे आविष्कारमा जुटिरहेका बेलायती वैज्ञानिकहरुकाे टोलीकी कमान्डरले अबकाे सेप्टेम्बरसम्ममा खोप तयार भैसक्ने बताएकी हुन् ।

विश्वविख्यात अक्सफोर्ड विश्वविद्यालयमा भ्याक्सिनोलोजी विषयकी प्राध्यापक साराह गिल्बर्टले ‘द टाइम्स’ सँग शनिबार कुराकानी गर्दै आफूहरुले आविष्कार गर्ने खोपले पूर्णतः काम गर्ने र सेप्टेम्बरसम्ममा यो तयार भैसक्नेमा आफूहरुलाई ८० प्रतिशत विश्वास पलाएको बताइन् । अमेरिकी र अरु वैज्ञानिक तथा विज्ञहरुले भने कोरोनाविरुद्धको खोप तयार हुन एकदेखि डेढ वर्षसम्म लाग्ने बताइरहेका छन् । तर, बेलायती वैज्ञानिक टोलीले चाहिँ यस्तो दाबी गरेकी छन् ।

‘अक्सफोर्ड टिमका लागि यो कुरा अनुमानको विषय मात्र होइन किनकि हामीले हरेक दिन थप तथ्यांकहरु अध्ययन गर्न पाइरहेका छौं’– उनको दावी छ । बेलायतमा लकडाउन चौथो हप्तामा प्रवेश गरेको छ । लकडाउन अन्त्य भई समान्य जीवनमा फर्कन भ्याक्सिन नै मुख्य आधार भएको भन्दै सबैले आशापूर्वक प्रतीक्षा गरिरहेका छन् । यसै परिप्रेक्ष्यमा अबको दुई हप्तामै खोपको परीक्षण मानिसमाथि सुरु गरिने गिल्बर्टले बताइन् ।

अनुसन्धानबाट आविष्कार सफल भैहाले पनि आम मानिसलाई पुग्ने गरी ठूलो मात्रामा उत्पादन गर्न अरु समय लाग्छ । व्यापक उत्पादनको तयारीका लागि अनुसन्धानको अन्तिम नतिजा आउनुअघि नै स्रोत परिचालन गर्न र परीक्षण सफल हुनासाथ भारी मात्रामा भ्याक्सिनकाे उत्पादनका लागि समेत छलफल भैरहेको गिल्बर्टले बताएकी छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर