newskoseli.Com

महामारीका बेला पनि वर्ल्डलिंकको सक्रियता : फिल्ड सपोर्टमा आइसोलेटेड समूह

कोभिड– १९ को महामारीमा विश्व समुदायले कठिन परिस्थितिको सामना गरिरहेका बेला नेपालमा पनि यसको फैलावटबाट जेगिनको लागि बुद्धिमत्तापूर्वक लकडाउनको घोषणा गरिएको छ ।

सबैजना घरमै बस्न विवश परिस्थितिमा विशेष गरी दैनिक कार्य घरबाटै सञ्चालन गर्न, समाचारहरु सुन्न र हेर्न, फेसबुकलगायत अन्य सोसल साइटहरुको प्रयोग गर्न एवं मनोरञ्जनका साथ घरमा समय बिताउनका लगि इन्टरनेट अत्याधिक मात्रामा प्रयोग भइरहेको छ । अनलाइन बैकिङ, अनलाइन ऐजुकेसन, कर्पोरेट काम, अनलाइन मेडिकल परामर्शजस्ता चुनौतीपूर्ण कार्यहरु पनि इन्टरनेटको प्रयोगबाट नै सम्भव भइरहेको छ । तर, यस्तो बेला सबै इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको ब्याण्डविथमा आएको समस्याका कारण ग्राहकवर्गमा भरपर्दो सेवा प्रवाह गर्न केही असहज परिस्थिति समेत सिर्जना भएको सेवा प्रदायकहरुले बताएका छन् ।

नेपालको सबैभन्दा ठूलो ब्रोडब्यान्ड सर्भिस प्रोभाइडर वर्ल्डलिंकले लकडाउनको समयमा भरपर्दो सेवा प्रवाह गर्ने जिम्मेवारी बहन गर्नु अत्यावश्यक महशुस गरेर यस चुनौतीको सामना गर्न देशभरका प्रत्येक शाखा कार्यालयहरुमा फिल्ड सपोर्टका कर्मचारीहरु रहने गरी आइसोलेटेड समूहको स्थापना गरेको छ । महामारीबाट आफ्ना फिल्ड सपोर्टका कर्मचारी एवं उनीहरुका परिवार एवं आफन्तजनमा पर्न सक्ने प्रतिकूल प्रभावलाई मध्यनजर गरी वर्ल्डलिंकले शाखा कार्यालयहरुमा नै सपोर्ट टिमका लागि खान–बस्नको राम्रो व्यवस्था मिलाई सेवा प्रवाह गराउँदै आएको छ ।

यस कार्यमा खटिने फिल्ड सपोर्टका कर्मचारीहरुको स्वास्थ्य सुरक्षालाई ख्याल राखी समय–समयमा स्वास्थ्य चेकजाँच गराउनुका साथै उनीहरुका लागि पीपीई सेट र पर्याप्त मात्रामा सेफ्टी किटको प्रबन्ध मिलाइएको वर्ल्डलिंकले जनाएको छ । यस टिमको महत्त्वपूर्ण सहयोगबाट प्रमुख प्राथमिकतामा रहेका आउटेजहरु ह्याण्डल गर्ने, सिस्टम डाउन भएको अवस्थामा मर्मत गर्नेलगायत इन्टरनेटमा आएका विविध समस्याहरु समाधान गर्न सफल हुँदै आएको भन्दै आँट–साहसले भरिपूर्ण आफ्ना आइसोलेटेड टिमका यसखाले कामप्रति ग्राहकवर्गबाट धन्यवाद प्राप्त भैरहेको कम्पनीले जनाएको छ ।

कोभिड– १९ देखा परेका बिरामीहरुको सम्पर्कमा रहेका मानिसहरु राख्दै आएका केही क्वारेन्टाइनस्थलहरुमा समेत वर्ल्डलिंकले इन्टरनेट सेवा प्रदान गर्न सफल भइसकेको र यसबाट क्वारेन्टाइनमा समय व्यतित गर्न र खबरहरुसँग अपडेटमा रहन सहजीकरण भइरहेको क्वारेन्टाइनमा रहेकाहरुले बताएका छन् । यस चुनौतीपूर्ण घडीमा राष्ट्रलाई आवश्यक परेको खण्डमा अन्य स्थलमा समेत इन्टरनेट सेवा प्रदान गर्न वर्ल्डलिंक तयार रहेको सो कम्पनीले बताएको छ ।

नेपालमा धेरै ग्राहक भएको वर्ल्डलिंकले यस विषम परिस्थितिमा भरपर्दो सेवा सुविधा पुर्‍याई देश र जनतालाई सेवा पुर्‍याउने कार्यमा अविच्छिन्न रुपमा निरन्तर लागिरहने प्रतिबद्धता समेत जाहेर गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर