newskoseli.Com

गाउँ फर्कनेको लर्को, दसैंको झल्को (फोटोफिचर)

लकडाउनले झण्डै महिना दिन पूरा गर्नै लाग्दा रातभरि लगाएर गाउँ फर्कनेहरुको निकै ठूलो लर्का लागेको छ । मंगलबार साँझ राजधानीको जडीबुटीदेखि कौशलटार, गठ्ठाघर हुँदै लगभग ठिमीसम्म गाडीहरुको लाइन छ । हजारौं नागरिक गाउँ फर्कन तँछाडमछाड गरिरहेका छन् ।

सामाजिक दुरी कायम गर्नुपर्ने, सबैले मास्क र स्यानिटाइजर लगाउनुपर्ने आदिजस्ता स्वास्थ्य प्रोटोकलका कुनै कुरा लागू भएका छैनन् । नागरिकहरू गाडीमा गुजुमुज्ज कोचिएका छन्, सडक किनार र गाडीको वरिपरी अस्तव्यस्त भीड छ ।

गाउँ फर्कनेहरुको लर्कोले दसैंको झल्को दिइरहेको छ । दसैं आउनै लाग्दा नागरिकहरु गाडीको वरिपरी यसै गरी झुम्मिने र सयौं गाडीहरुको लर्को लाग्ने गरेको हामीले सधैं देख्दै आएका छौं । राजधानीबाट बाहिरिने नाकाहरुमा अहिले ठ्याक्कै त्यस्तै दृश्य देखिइरहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर