newskoseli.Com

‘भाइरल’ बनेकाे पूर्वसभामुख महराको यो तस्बिर !

तीन दशकयता निरन्तर चर्चामा रहँदै आएका पूर्वसभामुख कृष्णबहादुर महरा फेरि चर्चित बनेका छन् । आफ्नो पुर्ख्यौली गाउँ रोल्पामा हलगोरु नारेर हलो समाउँदै जोतिरहेका संघीय सांसद महराको तस्बिर अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ भैरहेको छ ।

नेपालमा संसदीय व्यवस्थाको पुनर्स्थापनासँगै सांसद भएका अनि भूमिगत राजनीतिमा होमिएर दसवर्षे जनयुद्धकालका चर्चित नेताहरुमध्येका एक बनेका, शान्ति प्रक्रिया सुरु भएसँगै पटक–पटक सांसद, मन्त्री हुँदै सभामुख पदसम्म सम्हालिसकेका महराकाे उक्त तस्बिरबारे सामाजिक सञ्जालमा सकारात्मक र नकारात्मक दुवैखाले टिप्पणी भैरहेका छन् ।

पछिल्लो निर्वाचन क्षेत्र दाङ हुँदै केही दिनअघि रोल्पा पुगेका महरा अहिले बिहान–बेलुका खेतीपातीमा व्यस्त हुने र दिउँसो कार्यकर्ता एवं शुभेच्छुकहरूसँगका छलफलमा व्यस्त हुने गरेको बताइएको छ । सरकारी रेकर्डमा बुझाइएको महराको सम्पत्ति विवरणमा रोल्पाको लिवाङमा दुईतले पुरानो शैलीको एउटा घर र एकतले गोठ तथा ८ रोपनी सुख्खा पाखो रहेको उल्लेख छ ।

सभामुख पदमा बहाल रहेकै बेला यौन दूराचारको आरोप लागेपछि राजीनामा दिएका महरा असोज १९ मा पक्राउ परी अदालतबाट सफाई पाएर फागुन ५ मा रिहा भएका थिए ।

विभिन्न अनलाइनले पाण्डव शर्मालाई क्रेडिट दिँदै प्रकाशित गरेको यो तस्बिर हामीले सामाजिक सञ्जालबाट लिएका हौं

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर