newskoseli.Com

राजधानीका चाेक–चाेकमा ‘डमी’ ट्राफिकको ‘ड्युटी’ !

मंगलबार अपराह्न । राजधानीको नयाँ बानेश्वर चोकमा पानी दर्किरहेको थियो । ड्युटीमा रहेका ट्राफिक प्रहरीहरु चोकभन्दा दायाँ–बायाँका घरहरुको आडमा च्यापिएर ओत लागिरहेका थिए । तर, एक ट्राफिक प्रहरी भने दुई हातले ठूलो सूचना थाम्दै बीच सडकमै उभिइरहेका देखिए । उनले न छाता ओढेको थिए न त रेनकोट नै पहिरिएका ।

नजिकैबाट नियाल्दा पो थाहा भयो– ती ‘ट्राफिक’ त वास्तविक प्रहरी नभई निर्जीव ‘डमी’ मात्रै पो रहेछन् । एकातिर काेराेनाभाइरस महामारीकाे राेकथाम तथा नियन्त्रणका लागि भन्दै चर्काे निषेधाज्ञा लागू गरिएकाे छ भने अर्कातिर सुनसान राजधानीका सडकमा सवारी चालकहरुलाई चेतावनी दिन चाेक–चाेकमा धमाधम ‘डमी ट्राफिक’ राखिएका छन् । सवारी चालकहरुले सडक नियमकाे पालना नगरे चर्को जरिवाना तिर्नुपर्ने ‘मूल्यसूची’ सहित काठमाडौं महानगरपालिकाद्वारा जारी सूचना बोकेर उभिएका ‘डमी ट्राफिक’ राजधानीका माइतीघर, काेटेश्वर, जडीबुटी, गाैशाललगायतका विभिन्न मुख्य–मुख्य चोकमा खडा छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर