newskoseli.Com

प्रचण्डको अग्निपरीक्षा सुरु : मुख्य चुनौती के–के ?

तस्बिरः अध्यक्ष प्रचण्डकाे सचिवालय ।

आन्तरिक विवादमा रुमलिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अग्निपरीक्षा सुरु भएको छ । पार्टीलाई विधि र पद्धतिमा हिँडाउन नसकिएको गुनासो गर्दै आएका दाहालले पार्टी सञ्चालनको जिम्मेवारी पाएपछि उनको अग्निपरीक्षा सुरु भएको हो ।

अधिकार पाएपछि दाहालले कसरी पार्टी चलाउँछन् र विवाद कसरी समाधान गर्छन् भन्ने विषय उनको कार्यशैलीमा निर्भर रहनेछ । पार्टीमा दुई अध्यक्षात्मक व्यवस्थाको कार्यान्वयन समझदारीपूर्ण एवं प्रभावकारीरुपमा हुन नसक्दा बेला–बेलामा शीर्ष नेतृत्वतहमा अविश्वास र अन्तर्विरोध उत्पन्न हुँदै आएको छ । यसको नकारात्मक असर समग्र दल तथा सरकारको काममा परिरहेको छ ।

यस्तो अवस्थामा दुई अध्यक्षले जिम्मेवारी बाँडफाँट गर्दा पाटी सञ्चालनको जिम्मेवारी दाहालको काँधमा आइलागेको छ । प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष खड्रग ओलीले गत मंसिर ४ को सहमतिअनुसार दाहाललाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिए पनि उनलाई बैठक सञ्चालन गर्ने र निर्णय कार्यान्वयन गर्ने अधिकार थिएन । तर, अहिले पार्टी सञ्चालन गर्ने सबै अधिकार दाहालले पाएका छन् ।

पार्टी विधानबमोजिम अध्यक्षद्वयको सहमति र महासचिवसँगको परामर्शमा सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो तथा केन्द्रीय कमिटी बैठकका कार्यसूची तयार गरी सम्बन्धित कमिटीको बैठकमा पेस गर्ने र तदनुरुप बैठक सञ्चालन गर्ने, सामूहिक नेतृत्व तथा व्यक्तिगत जिम्मेवारीको संस्थागत प्रणाली अवलम्बन गर्ने र सबल बनाउने गरी ओलीले प्रतिनिधिसभाको यो कार्यकालभरि सरकारको नेतृत्व गर्ने तथा दाहालले कार्यकारी अधिकारसहित पार्टीका बैठक सञ्चालन, निर्णय कार्यान्वनय र समग्र पार्टी कामको जिम्मेवारी पाएका छन् ।

यसबाट दाहालको काँधमा पार्टीभित्र उत्पन्न समस्या समाधान गर्ने दायित्व थपिएको छ । ‘प्रचण्डले बैठक सञ्चालन र निर्णय कार्यान्वयन गर्ने अधिकार पनि पाएपछि पार्टीभित्र देखिएको विवाद अन्त्य गर्ने जिम्मेवारी पनि उहाँकै हुनेछ’– स्थायी कमिटीमा ओलीनिकट मानिने एक सदस्यले भने ।

दुई अध्यक्षले तयार पारेको सहमतिको प्रस्ताव सुझावका लागि बुधबार स्थायी कमिटीका सदस्यहरुलाई पठाइएको छ । सहमतिको प्रस्तावमा ओली र दाहालाको जिम्मेरी किटान गरिएको छ । प्रस्तावमाथि स्थायी कमिटीका सदस्यलाई बिहीबार साँझ ५ बजेसम्म सुझाव पठाउन भनिएको थियो । केहीले सुझाव पठाए पनि केहीले बैठकमै बोल्ने भन्दै पठाएका छैनन् ।

अध्यक्षद्वयले बनाएको सो प्रस्तावप्रति वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुको असन्तुष्टि कायमै छ । पार्टीभित्र विधि र पद्धतिको कुरा उठाइरहेका वरिष्ठ नेता माधवकुमार नेपालसहित नारायणकाजी श्रेष्ठ भने कार्यकारी अध्यक्ष दाहालले अधिकारको प्रयोग कसरी गर्छन्, त्यसैअनुसार धारणा बनाउने मनस्थितिमा रहेको स्रोतले बतायो । नेपाल र श्रेष्ठ पार्टी सञ्चालनको अधिकार पाएका दाहालले नेता–कार्यकर्तालाई कसरी जिम्मेवारी बाँडफाँट गर्छन् भन्ने विषयमा ‘पर्ख र हेर’ को नीतिमा छन् ।

उनीहरुले शुक्रबारको बैठकमा पनि यसबारे धारणा राख्दैछन् । ‘उहाँहरुले बैठकमा आफ्ना धारणा राख्नुहुनेछ, अध्यक्षद्वयले प्रस्ताव गरेका धेरै विषयवस्तुमा असहमति रहे पनि कार्यान्वयन पक्ष हेरेपछि मात्रै प्रतिक्रिया दिनेगरी अरु विषय उठाइनेछ’– नेपालनिकट स्थायी कमिटीका एक सदस्यले भनेको खबर शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर