newskoseli.Com

वामदेवको बहुलट्ठीपन : ‘ओली–प्रचण्ड मिलेर सचिवालय बैठक बोलाऊ’ (स्ट्याटससहित)

यतिबेलाको संसदीय राजनीतिमा देशको सबैभन्दा ठूलो राजनीतिक दल नेकपाभित्र खड्ग ओलीपछिका सबैभन्दा धूर्त र स्वार्थी नेताका रूपमा परिचित वामदेव गौतमले नेकपा अझै नफुटेको र फुट्नु नहुने हास्यास्पद दावीका साथ पूर्वअध्यक्ष ओली र वर्तमान अध्यक्ष प्रचण्ड मिलेर दुवैले पूर्ववत अध्यक्षकै हैसियतमा संयुक्तरूपमा पार्टीको बैठक बोलाउन माग गरेका छन् । जबकि नेकपाले पूर्वअध्यक्ष ओलीलाई कारबाही गरेर अध्यक्ष पदबाट मात्र नभई पार्टी सदस्यताबाटै निश्काशन गरिसकेको छ ।

प्रतिनिधिसभा ‘विघटन’ गर्ने खड्ग ओलीको प्रतिगामी एवं असंवैधानिक हर्कतअघि प्रचण्डले प्रस्तुत गरेको १९ पेजको बहुचर्चित राजनीतिक प्रस्ताव लेखनमा आफ्नो सक्रिय भूमिका रहेको दावी गौतम आफैंले पटक–पटक सार्वजनिकरूपमै गर्दै आएका छन् । र, ओली पक्षले सोही प्रस्तावलाई ‘आरोपपत्र’ को संज्ञा दिएर मूलतः त्यसकै कारण संसद ‘विघटन’ गर्नु परेको अनि पार्टी समेत विभाजित हुन पुगेको दावी गर्दै आएको छ ।

उक्त प्रस्ताव आफैंले ड्राफ्ट गरेको दावी गर्ने वामदेवले भने ओलीको प्रतिगामी र असंवैधानिक हर्कतपछि प्रचण्डद्वारा प्रस्तुत र नेकपाको दुईतिहाई बहुमतले स्वामित्व लिएको उक्त राजनीतिक प्रस्तावलाई ओलीकै भाषामा ‘आरोपपत्र’ भन्न थाले । त्यसपछि गौतमले ओलीका प्रतिगमनकारी हर्कतहरुको विरोध गरेनन्, बहुमत पक्षमा सामेल पनि भएनन् र हास्यास्पद ढंगबाट आफूले आफैंलाई ‘पार्टी एकता राष्ट्रिय अभियान’ को संयाेजक घोषणा गरेर ‘एकता अभियान सञ्चालन गर्ने’ बताए ।

मंगलबार (११ फागुनमा) ओलीको प्रतिगमनकारी एवं असंवैधानिक हर्कतलाई सर्वोच्च अदालतले खारेज गरिदिएपछि वामदेवले फेरि टाउको उठाउने जमर्को गरेका छन् । ओली अझै अध्यक्ष पदमै बहाल रहेको कुतर्क गरेर बरु अब प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने अनि तत्काल ओली–प्रचण्डद्वारा धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा पार्टीको सचिवालय बैठक बोलाउनुपर्ने हास्यास्पद माग गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेस विज्ञप्तिमार्फत संवैधानिक इजलासको निर्णयलाई स्वागत गर्दै प्रतिनिधिसभा अधिवेशन आह्वान गर्नुपर्ने पनि उनले बताएका छन् । गौतमले भनेका छन्– ‘प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री पदबाट ढिला नगरी तुरुन्त राजीनामा दिनुपर्छ ।’

यस्तो छ फेसबुक पेजमा सम्प्रेषित वामदेवको विज्ञप्तिसहितकाे स्ट्याटस–

प्रेस विज्ञप्ति::

संघीय लोकतांत्रिक गणतन्त्र नेपालको संविधान जारी भए यता वि सं २०७७साल फागुन ११गतेको दिन
ऐतिहासिक…

Posted by Bamdev Gautam on Tuesday, February 23, 2021

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर