newskoseli.Com

सरकार–विप्लवबीच सहमति : २१ गते ओली र विप्लवले सम्बोधन गर्ने, के–के भए सम्झौता ?

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र खड्ग ओली नेतृत्वको सरकारबीच वार्ता सुरू भएको दोस्रो दिनमै दुई पक्षबीच महत्त्वपूर्ण सहमति जुटेको छ । बिहीबार बिहान सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपा वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले दुई पक्षबीच जुटेको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

सरकार–विप्लवबीच भएको सहमतिको विस्तृत विवरण २१ फागुनमा राजधानीमा आयोजना गरिने विशेष समारोहमार्फत सार्वजनिक गरिने र सो समारोहलाई प्रधानमन्त्री खड्ग ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सम्बोधन गर्ने संयोजकद्वयद्वारा हस्ताक्षरित संयुक्त प्रेस नोटमा उल्लेख छ ।

दुई वार्ताटोलीबीच भएको सहमतिअनुसार विप्लव नेकपा आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलाप शान्तिपूर्ण ढंगले अघि बढाउन र तमाम राजनीतिक समस्याहरू वार्ता र छलफलद्वारा समाधान गर्न सहमत भएको छ । त्यसैगरी, सरकारी पक्ष नेकपामाथि लगाइएको ‘प्रतिबन्ध’ हटाउन, पक्राउ गरेका नेकपाका सम्पूर्ण नेता–कार्यकर्ताहरू रिहा गर्न र राजनीतिक प्रतिशोधका आधारमा उनीहरूमाथि लगाइएका झुट्टा मुद्धाहरू खारेज गर्न सहमत भएको छ ।

यी समाचार पनि पढ्नुहाेस्–

सरकार–विप्लव वार्ता : के खोज्यो सरकारले, के भन्यो विप्लव पक्षले ? (भिडियो पनि)

अन्ततः विप्लवसँग हारे खड्ग ओली : दुवै पक्षका वार्ताटोली बने, ‘प्रतिबन्ध’ तत्काल हटाइँदै (भिडियोसहित)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर