newskoseli.Com

‘खुकुलिएको’ निषेधाज्ञा : असार १ देखि के–के गर्न पाइने, के–के नपाइने ? (आदेशको पूर्णपाठ)

कोरोनाभाइरस महामारीको दोस्रो लहर उत्कर्षमा पुगिरहेको अहिलेको सन्दर्भमा रोकथाम तथा नियन्त्रणका लागि भन्दै कामचलाउ सरकारको योजना, निर्णय र निर्देशनअनुरूप स्थानीय प्रशासन (काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ) द्वारा १६ वैशाखदेखि जारी राजधानी उपत्यकाको निषेधाज्ञा असारभर समेत कायमै रहने देखिएको छ ।

तीन जिल्लाका सीडीओको शनिबार र आइतबारको छलफलपछि हालको अवस्थालाई केही ‘खुकुलो पार्दै’ असार ७ सम्म निषेधाज्ञा कायम राख्ने निर्णय भएको छ । आइतबारको निर्णयअनुसार होटल–रेस्टुरेन्टले अब ‘टेक अवे’ सेवा सुरु गर्न पाउने भएका छन् । अनलाइनमार्फत अर्डर लिएर बिहान ७ बजेदेखि ‘टेक अवे’ सेवा दिन पाउने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन् ।

खाद्यान्न, डिपार्टमेन्टल स्टोर र फलफूल पसल पनि बिहान ११ बजेसम्म खोल्न दिने निर्णय भएको छ । जेठ १४ देखि ‘थप कडा’ पारिएको निषेधाज्ञाअनुसार उपत्यकामा बन्द गरिएका खाद्यान्न र किराना पसल तथा डिपार्टमेन्टल स्टोर जेठ २१ देखि भने बिहान ९ बजेसम्म खोल्न दिइएको थियो । अब भने दिउँसो ४ बजेपछि हार्डवेयर सामग्री बेच्ने पसल समेत खोल्न दिइने भएको छ ।

के–के गर्न पाइने, के–के नपाइने ? हेर्नुहोस् सीडीओको आदेश–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर