newskoseli.Com

विप्लवले फुटाइदिए नेकपा : हेमन्तप्रकाश र धर्मेन्द्रमाथि ‘कारबाही’ (विज्ञप्तिसहित)

नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सो पार्टीका दुई शीर्ष नेताहरुमाथि ‘कारबाही’ गरेका छन् । बुधबार विज्ञप्ति निकाल्दै विप्लवले दुई नेतालाई ‘अनिश्चितकालसम्मका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको’ दावी गरेका छन् ।

नेकपाको पछिल्लो केन्द्रीय समितिको बैठकमा विप्लवद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उल्लेखित ‘संसदीय संविधान स्वीकार्दै दल दर्ता गरेर चुनावमा सहभागी हुने’ प्रस्ताव करिव दुईतिहाईबाट अस्वीकृत भएको थियो । त्यसैबेला विभाजनको डिलमा पुगेको सो पार्टी बहुमत पक्षको विवेकपूर्ण पहलका कारण जोगिएको थियो । आफ्नो प्रस्ताव लज्जास्पद ढंगले अस्वीकृत हुँदा समेत प्रस्तावबाट पछि हटेर निर्लज्ज किसिमले नेतृत्वमै टाँसिइरहेका विप्लव र उनका समर्थकहरुले सो निर्णयको मसी सुक्न नपाउँदै पार्टीका निर्णय, नीति र आधारभूत सिद्धान्तकै विपरीतका गतिविधि जारी राखेका थिए ।

केन्द्रीय सचिवालयका नेताहरु हेमन्तप्रकाश वली ‘सुदर्शन’ र धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ तथा सल्लाहकार समितिका सबै नेतासहित केन्द्रीय समितिका बहुमत सदस्यहरुले पार्टीका सिद्धान्त, नीति, कार्यक्रम र निर्णयहरु अनुशरण गर्न दबाव दिँदै आए तापनि विप्लवहरूले आफ्ना ‘स्खलनयुक्त’ र ‘विचलनकारी’ गतिविधि सच्याउने कुनै प्रयास गरेनन् । र, अन्ततः विप्लवले उनै सुदर्शन र कञ्चनहरुमाथि नै ‘कारबाही’ को डण्डा उज्याए र पार्टीलाई विभाजित–विघटित गराएरै छाडे ।

यस्तो छ नेताद्वयमाथि ‘कारबाही’ गरिएको विप्लवको विज्ञप्ति–

यी समाचार पनि पढ्नुहोस्–

विप्लव–प्रकाण्डलाई चुनौती दिँदै धर्मेन्द्रको विज्ञप्ति : उम्मेदवारी फिर्ता लिन अपिल (पूर्णपाठसहित)

विप्लव–प्रकाण्ड समूहका ‘स्वतन्त्र उम्मेदवार’ : को–को, कहाँ–कहाँ ? (पूर्ण विवरण)

यो भिडियो पनि हेर्नुहोस्–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर