newskoseli.Com

चीन–नेपालबीच के–के भए समझदारी ? (सम्झौताको सूचीसहित)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जारी चीन भ्रमणका बीच करिव दर्जन द्विपक्षीय सहमति तथा सम्झौताहरूमा हस्ताक्षर सम्पन्न भएको छ । बेइजिङस्थित ग्रेट हल अफ दि पिपलमा चिनियाँ समकक्षी ली छ्याङ (Li Qiang) सँग प्रधानमन्त्री प्रचण्डको भेट भएपछि दुई देशबीच यी सम्झौताहरू भएका हुन् ।

यी हुन् सम्झौताका बुँदाहरु–

  • राष्ट्रिय योजना आयोग र नेसनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसन अफ द पिपल्स रिपब्लिक अफ चाइनाबीच मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ (एमओयू) मा हस्ताक्षर
  • चीन र नेपाल सरकारबीच नेपालको उत्तरी पहाडी क्षेत्रका लागि उत्पादन र जीवित सामग्रीको प्रमाणपत्र हस्तान्तरण
  • डिजिटल अर्थतन्त्रबारे सहकार्य अभिवृद्धि गर्नेबारे नेसनल डेभलप्मेन्ट एन्ड रिफर्म कमिसन र अर्थ मन्त्रालयबीच एमओयूमा हस्ताक्षर

  • नेसनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसन र वन तथा वातावरण मन्त्रालयबीच हरित र न्यून–कार्बन विकाससम्बन्धी एमओयू,
  • सिजाली विद्यालय परियोजनाबारे सम्झौता
  • कृषि, पशुपालन र मत्स्यपालनमा सहयकार्य गर्ने विषयमा चीनको कृषि तथा ग्रामिण मामिला मन्त्रालय र नेपालको कृषि तथा पशुपक्षी विकास मन्त्रालयबीच एमओयूमा हस्ताक्षर
  • सन् १९८१ नेपाल–चीन व्यापार र भुक्तानी सम्झौतालाई मूल्याङ्कन र परिमार्जन गर्न एक संयुक्त प्राविधिक कार्यदल बनाउने विषयमा चीनको वाणिज्य मन्त्रालय र नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच एमओयूमा हस्ताक्षर
  • नेपालबाट चीनमा जडीबुटीको निर्यात गर्ने विषयमा चीनको जेनेरल एडमिनिस्ट्रेसन अफ कस्टम र नेपालको कृषि तथा पशुपक्षी विकास मन्त्रालयबीच एमओयूमा हस्ताक्षर
  • चीनको नेसनल एडमिनिस्ट्रसन एन्ड पब्लिकेसन र नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच एमओयूमा हस्ताक्षर
  • विज्ञान, प्रविधि र नवीनतामा सहकार्यका लागि चीनको विज्ञान तथा प्रविधि मन्त्रालय र नेपालको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच एमओयूमा हस्ताक्षर
  • मानव श्रोत र विपद् सामग्रीबारे पत्र आदानप्रदान
  • हिल्सा–सिमिकोट सडक परियोजनाबारे सम्झौता ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर