newskoseli.Com

खडेरीले तरकारी बाली सुकेपछि किसान चिन्तामा

लामो खडेरीले तरकारी बाली सुक्न थालेपछि किसानहरु चिन्तामा परेका छन् । पर्याप्त सिंचाई सुबिधा नहुँदा जिल्लामा व्यवसायिकरुपमा तरकारी खेती गर्ने किसानहरु तरकारीका बोट नै सुक्न थालेपछि मारमा परेका हुन् ।

लामो खडेरीले यहाँ लगाइएका लहरे तरकारी बालीहरु सुक्दै गएका छन् । अर्काको जग्गा भाडामा लिएर व्यवसाय गरेका किसानहरुलाई लागत पनि नउठ्ने हुँदा उनीहरु थप मारमा परेका हुन् ।

रामपुरको १० को बिकट डाँडा भेगमा रहेको जाउने खरकका अगुवा कृषक सूर्यप्रसाद रेग्मीले पाँच रोपनी जग्गामा लगाएको तरकारी सुकेपछि उनलाई लागत कसरी उठाउने भन्ने चिन्ता लागेको बताए ।

बिद्युतको सुबिधा भएका ठाउँमा मोटरबाट पानी तानेर सिंचाई गरेपनि डाँडाभेगमा खेती गर्ने र विद्युत्को सुबिधा नभएका ठाउँका कृषकहरु खडेरीको मारमा परेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर