newskoseli.Com

भैरहवामा गठन भयो नयाँ लायन्स क्लब

भैरहवा क्षेत्रका युवाहरूको सक्रियतामा स्थापना भएको लायन्स क्लब अफ  सिद्धार्थनगर युथको शनिबार अनावरण गरिएको छ । भैरहवामा विभिन्न क्षेत्रमा क्रियाशील युवाहरूको अग्रसरतामा गठन गरिएको क्लबको एक कार्यक्रमका बीच लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बी टु का पास्ट डिष्ट्रिक गर्भनर एमजेएफ महेन्द्र नारायण श्रेष्ठ, अरुणप्रताप राणा, स्पोन्सर क्लब लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष राजेश खरेल लगायतले लायन्स क्लब अफ सिद्धार्थनगर युथको अनावरण गरेका हुन् ।

सिद्धार्थनगर लायन्सका अध्यक्ष राजेश खरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा सेकेन्ड इलेक्ट डिष्ट्रिक गर्भनर सुनिल अाेझा, लियो क्लबका डिष्ट्रिक इलेक्ट भाइस प्रेसिडेन्ट सार्दुल मयुर कसौधन, लायन्स क्लबका रिजन कोडिनेटर महेश चन्द्र थापा, क्बलका पुर्वअध्यक्ष दीपक क्षेत्री न्यौपाने, प्रेमकुमार सेन्चुरीलगायतले बोल्दै क्लब स्थापनाले आफूहरुलार्इ खुसी तुल्याएको बताउँदै कम भाग्यवानी व्याक्तिहरुको सेवामा लाग्न आग्रह गरे  ।

IMG_1189 IMG_1135उनीहरुले लायन्स क्लब युथमा युवाहरुको वर्चश्व रहेको बताउँदै युवाहरुले समाजमा उल्लेखनीय कार्य गर्न आग्रह गरे । नवगठित क्लबको अध्यक्षमा लियो क्लब अफ सिद्धार्थनगरका पूर्वअध्यक्ष अर्चित श्रेष्ठ रहेका छन् । भैरहवा तथा आसपासका क्षेत्रलाई कार्यथलो बनाई बसेका व्यवसायी, बैंकर्स, चिकित्सक, पत्रकार, इन्जिनियरहरूको सहभागितामा क्लब गठन गरिएको हो ।

क्लबका जनसम्पर्क अधिकारी सुनिल सेन्चुरीको संयोजक तथा रमेश घिमिरे तथा धिरज मल्लिकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ । क्लबलमा ३६ जना युवायुवती सदस्य छन् । क्लबका नवगठित अध्यक्ष अर्चित श्रेष्ठले सिद्धार्थनगरलाई फरक पहिचानका साथ अघि बढाउने अठोटका साथ क्लबको स्थापना गरिएको बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर