
अमेरिकामा बस्ने कलाकारहरुको छाता संगठन नेपाली कलाकार महासंघ उत्तर अमेरिकाको नाम परिवर्तन गर्दै आधिकारिक संस्थाको रुपमा युनाइटेड नेप्लिज आर्टिस्ट एसोसिएसन, नर्थ अमेरिकाको अध्यक्षतामा गायक तथा संगीतकार कन्हैया सिंहलाई चयन गरिएको छ ।
अमेरिका क्यानाडा, उत्तर अमेरीका वरपर बसोबास गर्दै आएका नेपाली कलाकारहरुको बृहत अनलाईनको भेलाबाट, संस्थाको नाम परिवर्तन गर्दै युनाइटेड नेप्लिज आर्टिस्ट एसोसिएसन, नर्थ अमेरीका (युनाना) राखिएको हो भने उक्त संस्थाको २५ सदस्य कार्यसमिति समेत चयन गरिएको छ ।
भेलाले गायक तथा संगीतकार कन्हैया सिंहलाई अध्यक्षतामा चयन गरेको हो भने वरिष्ठ उपाध्यक्षमा टेक्सास बस्दै आएका हाँस्य अभिनेता नारायण त्रिपाठीलाई चयन गरिएको छ ।
त्यस्तै उपाध्यक्षहरुमा कलाकार एवं छायाँकार उज्ज्वल अर्याल (युटाह), गायक श्याम गुरुङ (बाल्टिमोर), चलचित्र निर्देशक दिनेश कार्की (भर्जिनिया) रहेका छन् । युनानाको महासचिवमा भने कलाकार राजु बजाज (यपुटाह) लाई चयन गरिएको छ ।
त्यस्तै उपमहासचिवमा लोकगायक भगवान भण्डारी बाल्टिमोरबाट रहेका छन् भने सचिवमा नाट्यकर्मी शंखर प्रजापति न्यूयोर्कबाट चयन भएका छन् ।
कोषाध्यक्ष पदमा गायिका सिर्जना बिरही थापा बाल्टिमोरबाट चयन भएकी छन् भने सहकोषाध्यक्षमा कलाकार प्रदीप सिंह न्यूजर्सीबाट चयन भएका छन् ।
नेपाली कलाकारहरू विभिन्न कामका शिलशिला अमेरीकामा बस्दै अाएका छन् ।