newskoseli.Com

प्रेस सेन्टर काठमाडौंको एकता भेला सम्पन्न

एमाओवादीसहित १० माओवादी घटक एवम् समूहहरुबीच एकता भई नेकपा (माओवादी केन्द्र) बनेलगत्तै सुरु भएको ती घटकसम्बद्ध जनवर्गीय संगठनहरुको एकता र संयोजनको क्रम जारी छ ।

यसै क्रममा सोमबार राजधानीमा माओवादी केन्द्रसम्बद्ध पत्रकारहरुको संगठन ‘प्रेस सेन्टर नेपाल’ को काठमाडौं जिल्ला एकता भेला सम्पन्न भएको छ ।

भेलाले ईश्वरी वाग्लेको संयोजकत्व तथा टेनिस रोका र राजेश चापागाईंको सहसंयोजकत्वमा ९ सदस्यीय सचिवालयसहित ५१ सदस्यीय अधिवेशन आयोजक समिति गठन गरेको सहसंयोजक टेनिस रोकाद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

Kendra_Patrakar2भेलाले काठमाडौं जिल्ला अधिवेशन असार २९ गते भव्य रुपमा सफल पार्ने निर्णय गरेको समेत प्रेस नोटमा जनाइएको छ । भेलाले व्यावसायिक पत्रकारिताका साथै पेशागत हकहित, पेशागत सुरक्षा तथा मर्यादित र जिम्मेवारीपूर्ण पत्रकारितालाई उच्च जोड दिँदै प्रेस सेन्टर नेपाललाई सुदृढ तथा एकताबद्ध बनाएर सबै पत्रकारहरुलाई प्रेस सेन्टरमा आबद्ध गराउँदै जानेमा जोड दिएको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर