newskoseli.Com

बैतडीमा पहिलोपटक कृषक दिवस मनाइयो

बैतडीमा सोमबार पहिलोपटक कृषक दिवस मनाइयो ।

एक गाविसमा प्रयोग भएका कृषि प्रविधिका नयाँ आयामलाई अर्को गाविसका कृषकलाई समेत जानकारी दिने उद्देश्यसहित वासुलिंग गाविसमा कृषक दिवस मनाइएको हो ।

दिवसका अवसरमा प्लास्टिक घरभित्र टमाटर खेती, काँक्रो खेती, प्लास्टिक मल्चिङ प्रविधि, मकै खेती प्रविधिलगायतका बारेमा किसानले अनुभव आदानप्रदान गरेका छन् । कृषक दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै किसान परियोजनाका जिल्ला संयोजक शेषमणि भट्टराईले किसान परियोजनाले किसानलाई नयाँ प्रविधिका बारेमा सिकाउने र त्यो प्रविधिको उपयोग किसानले गर्ने गरेको बताए ।

उनले भने  “विभिन्न गाविसमा गठन भएका कृषक समूहमा नयाँ कृषि प्रविधिका बारेमा आफूहरुले बताउने गरेका छौ ।”

यस्तै, किसान परियोजनाले किसानहरुलाई व्यावसायिक किसान बन्नका लागि प्रेरित गरेको समेत उहाँले बताए । कृषक दिवसका अवसरमा प्रगतिशील कृषक समूहका किसानले तरकारी खेती तथा अन्य खेतीमा गरेको नयाँ प्रविधिका बारेमा समेत अवलोकन गराइयो ।

जिल्लामा पहिलो पटक कृषक दिवस मनाइएको र यसलाई अबका दिनमा पनि निरन्तरता दिने किसानको भनाइ छ । प्रगतिशील कृषक समूह र किसान परियोजनाको संयुक्त आयोजनामा कृषक दिवस सम्पन्न गरिएको हो ।

प्रगतिशील कृषक समूहका अध्यक्ष मोहन विष्टको अध्यक्षतामा भएको कृषक दिवस कार्यक्रममा यूवा किसान सङ्घका केन्द्रीय सदस्य लालबहादुर पाण्डे प्रमुख अतिथि रहेको  थियो ।

कार्यक्रममा गुरुखोला, देहीमाडौँ र वासुलिंग गाविसका विभिन्न कृषक समूहका किसान, गाविसका पदाधिकारी, कृषि सम्पर्क केन्द्रका कर्मचारी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर