newskoseli.Com

विप्लव र रत्नमणिलाई राष्ट्रिय प्रतिभा पुरस्कार

प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले २०७२ सालको राष्ट्रिय प्रतिभा पुरस्कार कवि विप्लव ढकाल र कथाकार रत्नमणि नेपाललाई संयुक्त रूपमा दिने निर्णय गरेको छ।

ढकाललाई ‘च्याउको जंगल’ कविता संग्रह र नेपाललाई ‘सँगसँगै’ कथा संग्रहका लागि दिने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ।

क्षेत्रीयस्तरको षडानन्द प्रतिभा पुरस्कार ‘एक झोला इन्द्रेणी’ कविता संग्रहका कवि मुकुन्द प्रयास (धनकुटा) र ‘अमूर्त सपना’ कविता संग्रहका कवि चूडामणि नेपाल ‘अकिञ्चन’ (विराटनगर) लाई संयुक्त रूपमा दिइने भएको छ।

राष्ट्रिय प्रतिभा पुरस्कारको राशि ५० हजार र षडानन्द पुरस्कारको राशि १५ हजार रुपैयाँ छ। असार २९ गते भानु जयन्तीको अवसरमा विराटनगरमा पुरस्कार वितरण गरिने प्रतिष्ठानले बताएकाे छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर