newskoseli.Com

बहुभाषी कविगोष्ठी तथा प्रश्रितको सम्मान गरिँदै

साहित्यकार मोदनाथ प्रश्रितको ७५औं जन्मोत्सवका अवसरमा प्रश्रित प्रतिष्ठान तथा सिद्धार्थ साहित्य परिषद्को आयोजनामा भैरहवामा असार ६ गते ‘नेपाली साहित्यमा प्रश्रितका योगदान’ विषयक विचारगोष्ठी तथा बहुभाषी कविगोष्ठी  हुने भएको छ ।

कविगोष्ठीमा यस क्षेत्रका नेपाली, नेवारी, अवधी, भोजपुरी, थारु, मगर, गुरुङ आदि विभिन्न भाषाका ५० सभन्दा बढी कविताहरू प्रस्तुत गराउने आयोजकको तयारी छ ।

विचारगोष्ठीमा नेपाली साहित्यका काव्य, कविता, निबन्ध, नाटक, आख्यान आदिका क्षेत्रमा मोदनाथ प्रश्रितका योगदानबारे प्रा.डा. भीम खतिवडा, प्राज्ञ उपेन्द्र पागल, देवेन्द्र घिमिरे, बालकृष्ण भट्टराई, डा. शिवप्रसाद पौड्याल, डा. सुदन पौडेल, नरनाथ लुइँटेल, टंक पन्त, कृष्णप्रसाद बस्याल, नारायण पन्त, प्रा.डा. यदुनन्दन उपाध्याय, प्रा.डा. कपिलदेव लामिछाने आदिका गोष्ठीपत्र प्रस्तुत हुने कार्यक्रम संयोजक प्रा.डा. कपिल लामिछानेले बताए ।

प्रश्रितले २०२३ मै ‘मानव’ महाकाव्यका लागि मदन पुरस्कार पाएका हुन् । उनका अहिलेसम्म ५ दर्जनजति पुस्तकहरु प्रकाशित भइसकेका छन् ।

यसैगरी नेपाली साहित्यमा प्रश्रितले पुर्याएको योगदानको कदर गर्दै प्रश्रित प्रतिष्ठान नेपाल, सिद्धार्थ साहित्य परिषद्, सिर्जनशील साहित्य समाज, जनसाहित्यिक मञ्च, तरङ्ग साहित्य सङ्गम, लुम्बिनी बाङ्मय प्रतिष्ठान आदि साहित्यि संघ–संस्थाबाट मोदनाथ प्रश्रितलाई भव्य सम्मान तथा अभिनन्दन गरिने सिद्धार्थ साहित्य परिषद्का अध्यक्ष डिल्लीराज भट्टराईले बताए ।

सोही अवसरमा साहित्यकार रुद्र ज्ञवाली र रामप्रसाद अर्याललाई नेपाली साहित्यमा पुर्याएको योगदानको कदरस्वरूप सम्मान गरिने भएको छ । सिद्धार्थ साहित्य परिषद्का उपाध्यक्ष रामबहादुर श्रेष्ठका अनुसार कार्यक्रमलाई जिल्ला विकास समिति रूपन्देहीले पनि सहयोग गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर