newskoseli.Com

प्राकृतिक प्रकोपबाट चीनमा ७८ जनाको मृत्यु

चीनमा गएको शक्तिशाली आँधीमा परेर ७८ जनाको मृत्यु भएको छ । झन्डै पाँच सय घाइते भएको र दुई सय जनाको अवस्था गम्भीर छ ।

पूर्वी चीनको जियाङग्सु प्रान्तमा आँधीका कारण धेरै मानिस प्रभावित भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

जियाङग्यु प्रान्तको याचेंग शहरमा धेरै घर भत्किएका छन् । चीनको धेरैजसो भूभागमा यो हप्ता मुसलधारे वर्षा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यस्तै चीनको मध्य क्षेत्रमा बाढी आउँदा २२ जना जनाको मृत्यु भएको र दुई लाख मानिस विस्थापित भएका छन् । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर