१४ भाद्र, २०७३ |
स्वास्थ्यमन्त्री गगनकुमार थापाले एक हप्ताभित्र कार्यतालिकासहितको सयदिने कार्ययोजना पेस गर्न मन्त्रालय मातहतका महाशाखाका प्रमुखलाई निर्देशन दिएका छन् ।
आज स्वास्थ्य सेवा विभाग टेकुमा विभिन्न महाशाखाका प्रमुखसँग भेट गरी उनले छोटो समयमा स्वास्थ्य क्षेत्रमा उपलब्धिमूलक काम गर्नुपर्ने भएकाले कार्ययोजना ...बाँकी
१४ भाद्र, २०७३ |
नेपाल विद्युत् प्राधिकरणले हालसम्म मुलुकभर तीन हजार ४११ ग्राहकको लाइन काटेको छ ।
लामो समयदेखि विद्युत् महसुल तिर्न अटेर गर्दै आएका ग्राहकको लाइन काट्ने अभियान सुरु भएपछि हालसम्म एक हजार ५९५ ग्राहकले महसुल बुझाएपछि लाइन जोडिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार विराटनगर ८०, काठम...बाँकी
१४ भाद्र, २०७३ |
काठमाडौँ, १४ भदौ
बुबाको मुख हेर्ने दिनको अवसरमा नेपाल टेलिकमले जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि ‘शुभ विहानी–सन्ध्या डाटा प्याक’ अफर ल्याउने भएको छ ।
यो अफर भदौ १६ गते बिहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ३ बजेदेखि ७ बजेसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । जसअनुसार एकसय एमबी डाटाको तीन दिने अवधिका लागि ४५ ...बाँकी
१४ भाद्र, २०७३ |
काठमाडौँ, १४ भदौ
नेपाली राजनीति र साहित्यलाई अहिलेको अवस्थामा ल्याउन विश्वेश्वरप्रसाद कोइरालाको ठूलो योगदान रहेको विभिन्न राजनीतिज्ञ एवम् साहित्यकारले बताएका छन् ।
बिपी कोइरालाको १०२ औँ जन्मजयन्तीको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान भाषा तथा निबन्ध विभाग र बिपी स्मृति ट्रस्टले संयुक्त रुपमा आज आयोजना गरेको कार्यक्र...बाँकी
१४ भाद्र, २०७३ |
काठमाडौँ, १४ भदौ
उद्योगमन्त्री नवीन्द्रराज जोशीसँग नेपालका लागि जापानी राजदूत मासासी ओगावाले भेटगरी नेपाली उद्योगमा लगानी तथा प्रविधि विस्तारका विषयमा छलफल भएकाे छ ।
सिंहदरबारस्थित उद्योग मन्त्रालयमा उनीहरूबीच भएको भेटमा जापानी लगानी, प्रविधि र सीप विकासका सन्र्दभमा छलफल भएको थियो ।
सो अवसरमा मन्त्री जोशीले घरेल...बाँकी
१४ भाद्र, २०७३ |
रमेश लम्साल
नेपाल विद्युत् प्राधिकरणले निर्माण सुरु नगरेको र शर्तहरूको पालना पनि नगरेको भन्दै विभिन्न २१ जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पावर पर्चेजिङ एग्रिमेन्ट/पीपीए) खारेज गरेको छ ।
विद्युत् खरिद सम्झौता गरेपछि आयोजनाले तत्काल निर्माण प्रक्रिया सुरु गर्नुपर्रछ वा चित्तबुझ्दो कारण भए मात्रै म्या...बाँकी
१४ भाद्र, २०७३ |
विनोदसिंह विष्ट
दर्जनौं गाउँमा बासोवास गरिरहेका नागरिकले घरभित्रै दिसापिसाब गर्ने गरेका छन् भन्ने सुन्दा अचम्म नमान्नुहोला । तर, यो कुरा साँचो हो । अहिले यसै गर्न बाध्य छन् बैतडीको तल्लो स्वराडका बासिन्दा ।
राज्य पक्षबाट समेत हेपिएको भनिने बैतडीको दक्षिणी क्षेत्र तल्लो स्वराडमा ५ वर्षयता चितुवाले २१ को ज्यान...बाँकी
१४ भाद्र, २०७३ |
सुशील दर्नाल
प्रेस काउन्सिल नेपालले पत्रपत्रिका वर्गीकरण मापदण्ड परिमार्जन गर्ने भएको छ । वर्गीकरणलाई अझ व्यावहारिक, वस्तुनिष्ट, वैज्ञानिक र पारदर्शी बनाउन काउन्सिलअन्तर्गतको ‘वितरण सम्परीक्षण समिति’ ले सो मापदण्डको मस्यौदा परिमार्जनका लागि छलफल अगाडि बढाएको हो ।
सम्बन्धित क्षेत्रका विज्ञ र सङ्घसंस्थाको सुझ...बाँकी
१३ भाद्र, २०७३ |
न्युजकोसेली संवाददाता
नेकपा (माओवादी केन्द्र) का नेता रामबहादुर थापा (बादल) ले देश अहिले बाह्य हस्तक्षेपको दलदलमा परेको उल्लेख गर्दै आफ्नो पार्टी राष्ट्रियताको मुद्धा निरूपण गर्ने या आत्मसमर्पण गर्ने विषयमा निर्णायक विन्दुमा आइपुगेको बताएका छन् । यसो हुनुमा विदेशी शक्तिहरु नभई यहाँकै दलालहरु र कर्मचारीतन्त्र दोषी रहेको स...बाँकी
१३ भाद्र, २०७३ |
न्युजकोसेली संवाददाता
नयाँ शक्तिले पार्टीका केन्द्रीय पदाधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ । भदौ १२ गतेको केन्द्रीय पदाधिकारी बैठकले जिम्मेवारी हेरफेर एवं बाँडफाँडसम्बन्धी निर्णय गरेको हो ।
नयाँ जिम्मेवारी अनुसार संयोजक डा. बाबुराम भट्टराईले समग्र पार्टीको वैचारिक तथा राजनीतिक नेतृत्व गर्दै संगठनात्मक गतिविधिको अन...बाँकी