११ भाद्र, २०७३ |
नारायणगढ–मुग्लिन सडकखण्डको चितवनको चण्डिभञ्ज्याङ गाविस– ६ कालीखोला नजिकैबाट शुक्रबार बिहान त्रिशूली नदीमा बस खस्दा मृत्यु भएका २२ जना सबैकाे सनाखत भएको छ ।
सनाखतपछि सबैका शव अा–अाफ्ना परिवारले बुझेर लगेका छन् । घटनामा घाइते भएका १६ को भरतपुरस्थित २ मेडिकल कलेजमा उपचार भइरहेको छ ।
दुर्घटनामा ...बाँकी
११ भाद्र, २०७३ |
मुग्लिन सडक खण्डको जलवीरे नजिकैबाट शनिबार बिहान त्रिशूली नदीमा ट्रकसहित खसेका ७ जनाको प्रहरीले उद्धार गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार मुग्लिनबाट बालुवा लिएर नारायणगढतर्फ आउँदै गरेको ना३ख ४५५६ नंको ट्रक त्रिशूली नदीमा खसेको हो । ट्रक पानीमा डु...बाँकी
१० भाद्र, २०७३ |
शुक्रबार बिहान त्रिशूलीमा भएको बस दुर्घटनामा परी निधन भएका नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले घाइतेको तत्काल उद्धार गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री दाहालले बिहानै चितवन जिल्ला प्रशासनलाई सो निर्देशन दिएको प्रधानमन्त्रीका स्वकीय उपसचिव ...बाँकी
१० भाद्र, २०७३ |
नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी १३ मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको सपथ गराएकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको समुपस्थितिमा राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार बिहान आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीलाई सपथ गराएकी हुन् ।
...बाँकी
१० भाद्र, २०७३ |
हेमन्त केसी
सक्ला– १, लैखमका बुद्धिबहादुर खत्रीले साउन २२ मा बञ्चरोले हानेर आफ्नै आमाको हत्या गरे । आफ्नो नाममा जग्गा नामसारी गरिदिन नमानेका कारण बुद्धिबहादुरले आमाको हत्या गरेको खुल्न आएको छ ।
हत्या गर्नुभन्दा दुई दिनअघि घरनजिकैको बारीमा खाल्डो खनेर दुई दिनपछि आमाको हत्या गरी लास गाडेको प्रहरीले जनाएको ...बाँकी
१० भाद्र, २०७३ |
न्युजकोसेली संवाददाता
शुक्रबार बिहानै नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत त्रिशुली नदीमा बस खसेको छ । रौतहटबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस बिहान मुग्लिननजिकै दुर्घटनाग्रस्त भएर नदीमा खसेको प्रहरीले जनाएको छ ।
बस मुग्लिनको कालीखोला क्षेत्रबाट त्रिशुली नदीमा खसी डुबेको छ । बसमा कम्तिमा ४० यात्रु रहेको प्रहरीले जना...बाँकी
९ भाद्र, २०७३ |
न्युजकोसेली संवाददाता
लामो विवाद र रस्साकस्सीका बीच नेपाली कांग्रेसले बिहीबार सरकारमा सहभागी हुने १४ मन्त्रीको टुंगो लगाएको छ । पटक–पटक बसेको विभिन्न पक्षहरुबीचको छालफलपछि मन्त्रीको टुंगो लागेपछि शुक्रबार मन्त्रीमणडले पूर्णता पाउने भएको छ ।
कांग्रेसबाट सरकारमा नयाँ थपिने मन्त्रीहरुमा देउवा पक्षबाट ८, पौडेल पक्षका ५ र ...बाँकी
९ भाद्र, २०७३ |
यज्ञराज जोशी
गौरा पर्वको सुरुवात सोमबार ‘बिरुडा’ (पञ्चाछडी मन्त्रको प्रतीक पाँच प्रकारका अन्न– गुराउस, चना, कलउँ, केराउ र गहत) ) भिजाएर गौरा पर्व सुरु भइसकेको छ । यतिबेला सुदूरपश्चिममा गौराको आगमनले चहलपहल र रौनक निकै बढेको छ ।
सुदूरपश्चिमेलीमा दसैं भन्दा पनि बढी महत्वका साथ मनाइने यो पर्वमा देउडा समेत गाउने ...बाँकी
९ भाद्र, २०७३ |
नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान गतिशील दस्तावेज भए पनि कार्यान्वयन नगरी संशोधन गर्नुको कुनै अर्थ नभएको बताएका छन् ।
बैंककस्थित बुमरुमगार्ड अस्पतालमा नियमित स्वास्थ्योपचारका लागि प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार आयोजित प...बाँकी
९ भाद्र, २०७३ |
न्युजकोसेली संवाददाता
नेपाली कांग्रेसभित्र मन्त्रीको भागबण्डालाई लिएर बढेको असन्तुष्टि तोड्न सभापति देउवालाई हम्मेहम्मे परेको छ । देउवालाई पार्टीभित्रको समीकरण मिलाउन गाह्रो भएकैले सरकार बनेको २ साता बित्न लाग्दा पनि मन्त्रीमण्डलले पूर्णता पाउन सकेको छैन ।
पार्टीभित्र नेता रामचन्द्र पौडेल खेमाका नेताहरु सरकार निर्माण ...बाँकी