newskoseli.Com

बाढीपहिरो अपडेट : ९० को मृत्यु, २९ बेपत्ता, ४१ घाइते

असार अन्तिम साता भएको वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । विपदमा परेर अहिलेसम्म २९ जना हराइरहेको र ४१ जना घाइते भएको केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिएका छन् । उनका अनुसार बाढीपहिरोबा...बाँकी

जनप्रतिनिधि र सरकारी गाडीमाथि विप्लव नेकपाको ‘प्रतिबन्ध’

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मध्यपश्चिम नेपालमा सरकारी नम्बर प्लेटका गाडीहरुमाथि ‘प्रतिबन्ध’ लगाएको छ । सो पार्टीका मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजंगले बुधबार विज्ञप्ति जारी गर्दै साउन ७ देखि सेतो नम्बर प्लेटका सरकारी गाडीहरु चल्न नदिने घोषणा गरेका हुन् । सरकारले ...बाँकी

ओली–प्रचण्डले टुंग्याए एकता : व्यक्तिसहित अन्तिम घोषणा सचिवालयले गर्ने

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकताका क्रममा बाँकी रहेका विषयमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति जुटेको छ । पार्टीका ३२ विभाग र आयोगमध्ये १८ वटा पूर्वएमाले र १४ वटा पूर्वमाओवादीका नेताहरुले नेतृत्व गर्ने गरी दुई अध्यक्षबीच सहमति जुटेको हो । साउन ५ मा ब...बाँकी

बाढीको वितण्डा : मृतकको संख्या ६०, २५ अझै बेपत्ता (मृतक, बेपत्ता, घाइते र उद्धार भएकाको विवरणसहित)

बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या आइतबार राति ८ बजेसम्म ६० जना पुगेको छ । नेपाल प्रहरीले आइतबार साँझ जारी गरेको विज्ञप्तिअनुसार अझै २५ जना बेपत्ता छन् । ललितपुर, रौतहट र भोजपुरमा ५–५, ओखलढुंगा, सिन्धुली र मकवानपुरमा ४–४, काठमाडौं, खोटाङ र काभ्रेमा ३–३, झापा, उदयपुर, पर्सा, बारा, महोत्त...बाँकी

प्रहरी समायोजन : तह बढुवा नहुने, केन्द्र र प्रदेशमा एउटै पोसाक

प्रहरी कर्मचारीलाई सङ्घ र प्रदेशमा समायोजन गर्दा तह बढुवा नभई ग्रेडको व्यवस्था गरिने भएको छ । प्रदेश र सङ्घका प्रहरीको पोसाक समेत एउटै हुने भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिका सदस्यहरुबीच यसअघि प्रस्तुत विधेयकमा भएको व्यवस्थालाई नै यथावत् राख्नेमा सहमति जुटेको...बाँकी

कांग्रेसी लफडा : ‘अर्ली महाधिवेशन’ त भएन नै, ‘टाइम्ली’ समेत नहुने, एक वर्ष थपिँदै देउवाको कार्यकाल

प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव लगत्तै ‘अर्ली महाधिवेशन’ को हंगामा मच्चिएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको त्यस्तो महाधिवेशन त सम्भव थिएन र भएन पनि । तर, वर्तमान सभापतिसहित केन्द्रीय समितिको कार्यकाल सकिँदा हुनुपर्ने ‘टाइम्ली महाधिवेशन’ समेत निर्धारित समयमा गर्न नसकिने निष्कर्षका साथ कांग्रेस ...बाँकी

अपडेटः बाढीपहिरोबाट ३३ को मृत्यु, १७ बेपत्ता, १२ घाइते

अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । १७ जना बेपत्ता भएका छन् । प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार हालसम्म विभिन्न ठाउँबाट ८ सय ३१ जनाको उद्धार गरिएको छ । बाढीपहिरोमा परी १२ जना घाइते भएका छन् । बाढीपहिरोमा परी ललितपुरमा ६ तथा काठमाड...बाँकी

२१ को मृत्यु, ८ बेपत्ता, ६ हजार विस्थापित : कहाँ–कहाँ, के–के वितण्डा मच्चायो बाढीले ?

वर्षाका कारण राजधानी उपत्यकासहित मुलुकका विभिन्न भाग डुबानमा परेका छन् । मुलुकका विभिन्न भागमा बिहीबार रातिदेखि वर्षा भइरहेको छ । वर्षासँगै भएको डुबान र बाढीपहिरोमा परी २१ जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् । काठमाडौंमा ३, खोटाङमा ३, काभ्रे, भोजपुर, ओखलढुंगा र झापामा २–२, रामेछाप, मकव...बाँकी

त्रिभुवन विमानस्थलको धावनमार्गबाटै चिप्लियो जहाज !

राजधानीस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट शुक्रबार बिहानै यति एअरलाइन्सको विमान चिप्लिएको छ । नेपालगञ्जबाट काठमाडौं आएको यतिको एएमएम एटीआर ७२ विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिएका छन् । विमानका सबै यात्रु सकुशल रहेक...बाँकी

क्षमा माग्दै ओलीले भने– ‘खोज्दै छु, के गर्नुपर्ने हो, गर्छु’ : प्रधानमन्त्री ‘लज्जित’, मन्त्रीहरु पन्छिए !

विषादी प्रकरण्मा भारतीय दूतावासको पत्रबारे मन्त्रालयहरुबाट बेलैमा जानकारी नगराइँदा आफू जनतासामु ‘लज्जित हुनुपरेको’ प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । त्यसबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुपर्ने जिम्मेवार मन्त्रीहरु भने एक–अर्कालाई आरोपित गर्दै पन्छिन खोजेका छन् । बिहीबार राजधानीमा आयोज...बाँकी