newskoseli.Com

विस्फोटमा परी वरिष्ठ प्रहरी अधिकारीको मृत्यु

 अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा मङ्गलबार भएको बम आक्रमणमा परी जिल्ला प्रहरी प्रमुखको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । सो आक्रमणमा अर्का एक प्रहरी अधिकृतले पनि ज्यान गुमाएका छन् । खवाजा सबज पोस जिल्लाका प्रहरी प्रमुख सखी दाद असमानी र एक अर्का प्रहरी अधिकारी चढेको गाडी सोमबार र...बाँकी

चीनको गुआङसीमा आइतबारको भूकम्पका कारण एक हजार दुई सय मानिस विस्तापित

चीनको गुआङसीलाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पका कारण एक हजार २०० मानिसले आफ्नो घर गुमाएका वा घरमा क्षति पुगेका कारण विस्थापित हुन पुगेका छन् । सोमबारसम्म प्राप्त सूचनाअनुसार भूकम्पका कारण ३० लाख ६१ हजार अमेरिकी डलरभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान आएको चीनले बताएको छ । ग...बाँकी

भारतमा बाढी ; ९६ को मृत्यु १० लाख विस्थापित

 भारतमा भारी वर्षापछि आएको बाढीमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ९० भन्दा बढी भएको जनाइएको छ । त्यसैगरी सो बाढी कारण करिब १० लाख व्यक्तिलाई सरकारले सञ्चालन गरेकाे शरणार्थी शिविरमा लगिएको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । भारी वर्षा र बाढीको कारण विहार, आसाम र हिमाञ्चल प्रदेशलाई अत्...बाँकी

क्लिन्टन ट्रम्पभन्दा सात अङ्क अगाडि: सर्वेक्षण

अमेरिकी डेमोक्रेटिक दलको अधिवेशनमा उनलाई मिलेको समर्थनपछि डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेकी हिलारी क्लिन्टनको समर्थनमा चार अङ्क बराबरको समर्थन थप भएको छ । यसअघि तीन अङ्कले अगाडि देखिएकी क्लिन्टनलाई अधिवेशनमा आएको समर्थनपश्चात थप चार अङ्क जोड्दा अब क्लिन्टनले ट्रम्पलाई सात अ...बाँकी

बिद्युतीय जुवामा अरबौँ डलर नाश भएको प्रतिवेदन

सदा विजयी रहने आशय वा बेलायती पूर्वसाम्राज्ञी भिक्टोरियाका देशबासी भन्ने तात्पर्यसहितको नामाकरण गरिएको भिक्टोरियन भनी परिचित अस्टेलियाली जनताले बिद्युतीय यन्त्र परिचालित स्लट मेसिनमा जुवा खेली अरबौँ डलर गुमाउँछन् भन्ने कसले सोचेको हुन्छ र  तर यथार्थ प्रतिवेदन हालै प्रकाशित भएका छन् । गत २४ वर्ष...बाँकी

कोइकी जापानको पहिलो महिला गभर्नर

जापानकी अनुभवी राजनीतिज्ञ युरिको कोइकी जापानी राजधानी टोकियोको गभर्नरमा निर्वाचित हुनुभएकोे स्थानीय सञ्चारमाध्यमले आइतबार बताएका छन् । जापानको इतिहासमा पहिलो महिला गभर्नरको रुपमा कोइकी निर्वाचित हुने पक्का भएको खबर जापानी टेलिभिजन एनएचके, जीजी प्रेसलगायतका सञ्चारमाध्यमले मतदान प्रक्रिया...बाँकी

हट एयर बेलुन दुर्घटनाबाट टेक्सासमा सोह्रको मृत्यु

 अमेरिकाको दक्षिण राज्य टेक्सासको मध्य क्षेत्रमा हट एयर बेलुनमा आगलागी हुँदा कम्तिमा शनिबार १६ जनाको मृत्यु भएको छ । उडिरहेको बेलुनलाई आगोले समातेपछि आगोको ज्वालाले बेलुनको सबैभाग जलेको अवस्थामा आकाशबाट खसिरहेको आफूले देखेको एक प्रत्यक्षदर्शी महिलाले बताइन् । हट एयर बेलुनमा यस किसिमको ...बाँकी

राष्ट्रपति पदकी उम्मेदवार क्लिन्टनको वेभसाइट ह्याक

अमेरिकामा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदकी उम्मेदवार हिलारी क्लिन्टनको चुनाव अभियानसँग सम्बन्धित वेभसाइट र जानकारीहरु ह्याक गरिएको छ । यो डेमोक्रेटिक पार्टीविरुद्धको ठूलो साइबर आक्रमण भएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । ह्याक गरिएकोमा डेमोक्रेटिक नेशनल कमिटी तथा डेमोक्रेटिक कांग्रेस्...बाँकी

सिरियाको एक प्रसूति अस्पतालमा हवाई आक्रमण

सिरियाको एक प्रसूति अस्पतालमा हवाई आक्रमण गरिएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालित उत्तर पश्चिमी इडलिब प्रान्तमा रहेको प्रसुति अस्पतालमा हवाई आक्रमण गरिएको हो । आक्रमणमा केही मारिएका छन् भने धेरै घाइते भएको सेभ द चिल्ड्रनले जनाएको छ । तर संख्या भने खुलाइएको छैन । हवाई आक्रमणको क्रममा एउटा बम...बाँकी

लागूऔषध तस्करीमा संलग्न चार जनालाई मृत्युदण्ड

इन्डोनेसियामा लागू औषध तस्करीमा संलग्न रहेको भन्दै चार जनालाई मृत्युदण्ड दिइएको छ । लागू औषध तस्करीकै आरोपमा अन्य १० जना जेल मै छन् । उनीहरुलाई पनि मृत्युदण्डको सजाय दिने वा नदिनेबारे भने खुलाइएको छैन । मृत्युदण्ड पाउनेमा एक इन्डोनेसियाली र तीन जना नाइजेरियाली रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्य...बाँकी