newskoseli.Com

भारतमा बाढी ; ९६ को मृत्यु १० लाख विस्थापित

 भारतमा भारी वर्षापछि आएको बाढीमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ९० भन्दा बढी भएको जनाइएको छ । त्यसैगरी सो बाढी कारण करिब १० लाख व्यक्तिलाई सरकारले सञ्चालन गरेकाे शरणार्थी शिविरमा लगिएको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।

भारी वर्षा र बाढीको कारण विहार, आसाम र हिमाञ्चल प्रदेशलाई अत्यन्त प्रभावित पारेको बताइएको छ । तीन राज्यमा भारी वर्षापछि आएको बाढीमा परी ९६ जनाको मृत्यु भएको सो राज्यका सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छान् । विहारमा करिब दुई लाख ६० हजार बाढी पीडितलाई राज्य सरकारले बन्दोबस्त गरेका चार सयभन्दा बढी उद्धार शिविरहरुमा राखिएको बताइएको छ ।

त्यसै गरी सो बाढी पीडितलाई राखिएको उक्त इलाकामा चार सयभन्दा बढी स्वास्थ्य शिविरको  बन्दोबस्त गरिएको पनि जानकारी दिइएको छ ।त्यसैगरी आसाममा करिब ३८ लाख व्यक्ति हालै आएको बाढीबाट प्रभावित भएको राज्य अधिकारीले जनाएका छन् ।

बाढी प्रभावित ती व्यक्तिहरुमा सात लाखभन्दा बढीलाई सात सय ७० वटा उद्धार शिविरमा लगिएको राज्य अधिकारीले जानकारी दिएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर