newskoseli.Com

एनसेल हेडक्वार्टरमा सम्साँझै बम विष्फोट

ललितपुरको नख्खुस्थित एनसेल प्रालिको मुख्यालयस्थित मूल गेटमा शुक्रबार साँझ बम विष्फोट भएको छ । एनसेल मुख्यालमा बम विष्फोट भएको महागनरीय प्रहरी परिसर, ललितपुरका एसपी गोविन्द थपलियाले पुष्टि गरेका छन् । घटनामा केही घाइते भएको थपलियाले जनाएका छन् । घटना कसले घटाएको हो र विष्फोटबाट के–कति क्षति पुग...बाँकी

शुक्रबार र आइतबार फेरि वर्षाको सम्भावना !

पश्चिमी वायुको प्रभावका कारण शुक्रबार फेरि काठमाडौं उपत्यकासहित देशभर आंशिक बदली हुनुका साथै केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले काठमाडौंसहित देशको पहाडी भूभागका केही स्थानहरुमा मध्यान्नपछि मेघगर्जनसहित छिटफुट वर्षाको सम्भ...बाँकी

योगेश भट्टराईको चुनौती : स्थायी कमिटीले बनाएको कार्यदल सचिवालयले भंग गर्न सक्दैन !

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं चर्चित युवानेता योगेश भट्टराईले पार्टीको केन्द्रीय सचिवालय र त्यसले शुक्रबार गरेको एकता कार्यदल विघटनसम्बन्धी निर्णयलाई चुनौती दिएका छन् । पार्टीको संगठनात्मक एकताको खाका बनाउन गठित नौ सदस्यीय कार्यदल विघटन गर्नेगरी सचिवालय बैठकले...बाँकी

संसदमा खानेपानी मन्त्रीको जवाफ : ‘मेलम्ची बनाउन सीएमसी फर्किए स्वागत गर्न सरकार तयार’

बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको बाँकी काम पूरा गर्ने विषयमा सरकारले दुई वटा विकल्पबारे छलफल गरिरहेको खानेपानी मन्त्री विना मगरले बताएकी छन् । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरुको शुक्रबार जवाफ दिँदै सरकारले चाँडोभन्दा चाँडो मेलम्चीको पानीलाई काठमाडौं ल्याउन दुई वटा विकल्पमा छलफ...बाँकी

ऊर्जामन्त्रीको घोषणा : ३ वर्षभित्र देशैभर झिलिमिली !

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको तीन वर्षभित्र देशैभर विद्युत् विस्तार हुने बताएका छन् । रिपोर्टर्स क्लब दाङ शाखाले शुक्रबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा ‘नेपालको पानी र जनताको लगानी’ लाई सार्थक तुल्याउने काम भइरहेको उनले उल्लेख गरे । ‘विभिन्न स्थानमा विद्युत...बाँकी

‘राष्ट्रिय’ पत्रपत्रिकाहरु किन जलाइए लहानमा ? ट्याक्टरले किच्दा बालकको मृत्यु

शुक्रबार बिहान सिरहाको लहानमा विभिन्न ‘राष्ट्रिय’ पत्रपत्रिकाहरु जलाएका छन् । लहानस्थित सीता नोबेल न्युज सेन्टर अगाडि बिक्रीका लागि राखिएका कान्तिपुर दैनिक, द काठमाडौं पोस्ट, साप्ताहिक, हल्लो शुक्रबारलगायतका करिव ४ सय प्रति पत्रिका अज्ञात समूहद्वारा जलाएर खरानी बनाएको हो । ‘बिहानै पसल खोल्न पु...बाँकी

नेकपाका सांसद वलीको निधन, जो १६ दिनदेखि ‘कोमा’ मै थिए

सत्ताधारी नेकपाका तर्फबाट विजयी प्रदेश– ५ का सांसद उत्तरकुमार वलीको निधन भएको छ । २४ माघमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका वलीको उपचारकै क्रममा शुक्रबार बिहान ३ बजे राजधानीस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । दाङको मुसोट खोला नजिकै दुर्घटनामा परेका वली १६ दिनसम्म ‘कोमा’ मै रहेका थिए । ...बाँकी

२१ किलो चरेससहित ४ जना पक्राउ

महानगरीय प्रहरी वृत्त दरबारमार्गले २१ किलोग्राम चरेससहित चार जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले चरेससहित मकवानपुरका २६ वर्षीय रामकुमार मोक्तान, २५ वर्षीय रमेशकुमार मोक्तान, २५ वर्षीय सुकराम गोले र २४ वर्षीय राजेन्द्र गोलेलाई बिहीबार साँझ पक्राउ गरेको हो । शङ्कास्पद रुपमा झोलामा बोकेर हिँडि...बाँकी

के–के भयो नेकपाको सचिवालय बैठकमा ? कार्यदलको विषयमा तीव्र मतान्तर !

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयसहित एकता कार्यदलको संयुक्त बैठक अनिर्णित भएको छ । संगठनात्मक एकताका बाँकी काम टुंग्याउन गठन भएको कार्यदलको म्याद थप्ने वा विघटन गरिदिने भन्ने विषयमा सचिवालयभित्रै विवाद भएपछि बैठक...बाँकी

सचिवालय र कार्यदलको संयुक्त बैठक : एकता टुंग्याउनेबारे छलफल

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बसेको छ । पार्टीको बाँकी सांगठनिक एकीकरणको प्रस्ताव तयार पार्ने विषयमा बैठकमा एकीकरण कार्यदलका सदस्यहरुसँग सामूहिक छलफल चलिरहेको छ । सोमबार बसेको सचिवालय बैठकमा कार्यदलले बुझाएको अधकल्चो प्रतिवेदनमाथि संक्षिप्त छलफल भ...बाँकी