newskoseli.Com

रक्षामन्त्रीले प्रधानमन्त्रीलाई बुझाए ‘सुरक्षानीति परिमार्जन प्रतिवेदन’

राष्ट्रिय सुरक्षा नीति परिमार्जन उच्चस्तरीय समितिले सोमबार आफ्नो प्रतिवेदन प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष केपी शर्मा ओलीसमक्ष हस्तान्तरण गरेको छ । २०७३ मा जारी भएको सो नीतिमा समयानुकूल परिमार्जनका लागि गठित समितिका संयोजक उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले प्रधान...बाँकी

मन्थलीमा माइक्रोबस दुर्घटना : १ को मृत्यु, १ गम्भीर घाइते

मन्थली नगरपालिका– २, करमबोटमा सोमबार माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छन् । माइक्रोबसका धनी मनमैजु, काठमाडौंका ४५ वर्षीय कर्माको मृत्यु भएको प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिएका छन् । दुर्घटनामा परी मन्थली नगरपालिका– २ की अञ्जना खड्का गम्भीर घाइत...बाँकी

नेकपा (विप्लव) का कहाँ–कहाँबाट, कति कार्यकर्ता पक्राउ परे ? प्रहरी भन्छ– ३७५ समात्यौं

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ३७५ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ । विभिन्न घटनामा संलग्न रहेको भन्दै प्रहरीले वैशाखदेखि फागुनसम्म उक्त सङ्ख्याका कम्युनिस्ट नेता–कार्यकर्ता पक्राउ गरेको हो । फागुनमा पक्राउ पर्नेमा ३३ पुरुष र ४ महिला छन् ...बाँकी

चर्चित उपसचिव सञ्जेलको सरुवा कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

केही यता व्यापक चर्चामा आएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव प्रेमप्रसाद सञ्जेलको सरुवा गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । उपसचिव सञ्जेललाई सो मन्त्रालयका सचिव महेशप्रसाद दाहालले गरेको सरुवा कानुनसम्मत नदेखिएकाले निर्णय कार्यान्वयन नगर्न न्य...बाँकी

फेरि ३ दिनसम्म वर्षा र हिमपात : शिवरात्रि समेत प्रभावित हुने !

पश्चिमी वायुको प्रभावले मौसममा सामान्यदेखि पूर्ण बदली भई सोमबारदेखि ३ दिनसम्म वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार महाशिवरात्रिलाई समेत वर्षा र हिमपातले प्रभावित पार्न सक्ने देखिएको छ । महाशाखाले तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन निकालेर आइतबार...बाँकी

विप्लवका १७ कार्यकर्ता सुतिरहेकै ठाउँबाट प्रहरीद्वारा कर्‍याप्प

शनिबार राति घरमा सुतिरहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका १७ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला कमिटीका सदस्य रञ्जितसिंह ठकुरीसहित १३ पुरुष र ४ महिला कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– १०, कार्कीटा...बाँकी

अन्तर्राष्ट्रिय वैदिक महासम्मेलनको निष्कर्ष : ‘५ वर्षभित्र वैदिक राष्ट्रको आधार’

ध्यान, योगका माध्यमबाट देशमा सात्त्विक शक्तिको विस्तार गरी पाँच वर्षभित्र नेपालमा वैदिक राष्ट्रको आधार तय पार्ने निष्कर्ष तीन दिनदेखि चलेको अन्तर्राष्ट्रिय वैदिक एवं आधुनिक विज्ञान महासम्मेलनले निकालेको छ । नेपाल महर्षि वैदिक फाउन्डेसन, नेपाल महर्षि फाउन्डेसन फर वैदिक कल्चर र महर्षि फाउन्डेसन फर ...बाँकी

श्रीमतीलाई गोली हान्ने घर्ती प्रहरीद्वारा कर्‍याप्प

घरायसी विवादमा श्रीमतीलाई गोली प्रहार गरी फरार भएका बडिगाड गाउँपालिका– १०, दर्लिङका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । दर्लिङ– ७, पात्ले, कटरियाका ३५ वर्षीय चन्द्रबहादुर घर्तीलाई प्रहरीले शनिबार उनकै घरबाट पक्राउ गरेको हो । तरकारी ढिलो पकाएको निहुँमा झगडा हुँदा घर्तीले श्रीमती बालकुमारीलाई ग...बाँकी

पत्रकार गौतमको निधन, महासङ्घद्वारा श्रद्धाञ्जलि तथा समवेदना

वरिष्ठ पत्रकार मुरारीप्रसाद गौतमको शनिबार राति ६९ वर्षको उमेरमा निधन भएको छ । मुटुसम्बन्धी रोगबाट पीडित ‘रहस्य’ साप्ताहिकका प्रकाशक–सम्पादक गौतमको उपचारकै क्रममा काठमाडौंस्थित ग्राण्डी अस्पतालमा निधन भएको हो । नेपाल पत्रकार महासङ्घले आइतबार शोक–विज्ञप्ति प्रकाशित गर्दै पत्रकार गौतमको निधनप्रति...बाँकी

६ जना ‘बेहुली’ सजिए यसरी : तर लिनै आएनन् कुनै ‘बेहुला’, किन ?

छोरेपाटनकी सोफिया खाती उमेरले बल्ल १८ पुगिन् । प्लस टुमा अध्ययनरत छिन् उनी । झपक्क गहनासहित साडीमा सजिएर ‘बेहुली’ बनेकी उनी केही लजाउँदै थिइन् । झपक्क गरगहना र रातो लेहङ्गासहित सोह्रशृङ्गारमा सजिएर उनी ‘दुलही’ बनेर त निस्किन् तर उनको पर्खाइ यत्तिकै भयो, उनलाई लिन ‘दुलहा’ चाहिँ आएनन् । आखिर किन ? ...बाँकी