७ फाल्गुन, २०७५ |
काठमाडौं, ७ फागुन ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरु मंगलबार धनगढी पुगेका छन् ।
बुधबार धनगढीमा हुने पार्टीको विशेष कार्यकर्ता भेलामा सहभागिताका लागि अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेलसहितका नेताहरु धनगढी पुगेको नेकपाका सुदूरपश्चिम ...बाँकी
७ फाल्गुन, २०७५ |
काठमाडौं, ७ फागुन ।
सत्र वर्ष पुरानो राष्ट्रिय यातायात नीति अब भने संशोधन हुने भएको छ । भौतिक योजना तथा यातायात मन्त्रालयले राष्ट्रिय यातायात नीति, २०५८ लाई संशोधनको तयारी गरिरहेको छ ।
नीति पुरानो र समयानुकूल नभएकाले संशोधन गर्न लागिएको मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले बताए । उनका अनुसार त्यति बेलाभन्दा अहिले य...बाँकी
७ फाल्गुन, २०७५ |
काठमाडौं, ७ फागुन ।
मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी लिन तथा नेपाल र संयुक्त अधिराज्यबीच रहँदै आएको सुमधुर सम्बन्धलाई अझ प्रगाढ तुल्याउने उद्देश्यले बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकेस्टर नेपालको चारदिने भ्रमणमा बुधबार राजधानी आउँदैछन् ।
उनले यहाँ रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन...बाँकी
७ फाल्गुन, २०७५ |
काठमाडौं, ७ फागुन ।
चरम विवादित सर्वोच्च अदालतका ‘वरिष्ठतम् न्यायाधीश’ दीपकराज जोशीले आफ्नो पदबाट राजीनामा दिएका छन् । वरिष्ठतम् न्यायाधीश जोशीले मंगलबार प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबरामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका हुन् ।
संसदीय सुनुवाइ समितिले प्रधान न्यायाधीशका लागि जोशीको नाम अनुम...बाँकी
७ फाल्गुन, २०७५ |
प्युठान, ७ फागुन ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले २०७५ सालभित्रै स्ववियु निर्वाचन गरिसक्नु पर्नेमा जोड दिएका छन् ।
नेपाल पत्रकार महासङ्घ प्युठान जिल्ला शाखाले मङ्गलबार नयाँबजार जुम्रीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नयाँ शैक्षिक वर्षका लागि कार्यतालिकामा सुधार गर्न सरकार लाग...बाँकी
६ फाल्गुन, २०७५ |
काठमाडौं, ६ माघ ।
चैत १६ मा हुने नेपाल बार एशोसियसनको २५औं केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अध्यक्षमा नौ जनाको उम्मेदवारी परेको छ ।
अध्यक्षका लागि उम्मेदवारी दिनेमा डेमोक्र्याटिक लयर्स एशोसिएशन (डीएलए) बाट सुनीलकुमार पोखरेल र प्रगतिशील, पेशागत तथा समावेशी समूहबाट चण्डेश्वर श्रेष्ठ मैदानमा उत्रेका छन् । त्यसै...बाँकी
६ फाल्गुन, २०७५ |
चितवन, ६ फागुन ।
स्मार्ट सिटीका लागि तथ्याङ्क सङ्कलन गरिरहेको भरतपुर महानगरपालिकामा बसोबास गर्ने ६८ परिवार नदीको भरमा जीवीकोपार्जन गर्दै आएका छन् । यहाँका नारायणी र राप्ती नदीमा माछा मारेर उनीहरुले जीवीकोपार्जन गर्दै आएका हुन् ।
चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने ती नदीमा माछा मार्नका लागि निकुञ्जसँग अनुमतिपत्र ...बाँकी
६ फाल्गुन, २०७५ |
काठमाडौं, ६ फागुन ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक आयुक्तको भ्रष्टाचार र एक लोकगायकको ‘लुट्न सके लुट’ बोलको गीतले समेत चर्चा पाएको छ ।
भ्रष्टाचारमा मुछिएका आयुक्त राजनारायण पाठकले पदबाट राजीनामा गरेका सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन सांसदहरुले सरकारसँग माग गरे । संवैधानिक पदमा रह...बाँकी
६ फाल्गुन, २०७५ |
काठमाडौं, ६ फागुन ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करिव १२ हजार शाखा अधिकृतको समायोजन गरेको छ ।
सङ्घ, प्रदेश र स्थानीय तहमा करिव १२ हजार शाखा अधिकृत समायोजन गरिएको जानकारी मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले दिएका छन् । उनका अनुसार प्रशासन, लेखा, राजश्व र शिक्षा सेवाका शाखा अधिकृतलाई समायोजन गरिएको छ...बाँकी
५ फाल्गुन, २०७५ |
काठमाडौं, ५ फागुन ।
राजधानीको बबरमहलस्थित नेपाल टेलिकमको भवनबाट खसेर आइतबार एक कामदारको मृत्यु भएको छ ।
टेलिकमको टावर मर्मतका क्रममा भवनको सातौं तलाबाट खसेर भारत उत्तर प्रदेश घर भएका अन्दाजी ३२ वर्षीय नारायणलाल राठौरको मृत्यु भएको महानगरीय प्रहरी परिसर सिंहदरबारले जनाएको छ ।
प्रहरीका अनुसार अपराह्न टेलिकमको टावर ...बाँकी