कतिपय गाउँमा विवाहका बेला दाइजोको मोलमोलाइ हुन्छ । छोरीको विवाह गर्न बाबुआमाले निकै ऋण बोक्नुपर्छ । नेपालमा यस्ता ठाउँ पनि छन्, जहाँ दाइजोका नाउँमा एक रुपैयाँ कारोबार हुँदैन ।
उत्तरी गोरखास्थित गुरुङ समुदायको बसोबास रहेका वस्तीमा केटाले दाउराको भारी दिएर विवाहको प्रस्ताव गर्छन् । दाउरा स्वीकार भए...बाँकी
स्वामीकार्तिक खापर गाउँपालिका– ३, जुकोटस्थित महेन्द्रबहादुर शाहीको बारीमा १२ सय बोट स्याउ छन् । उनले स्याउखेती गर्न थालेको १५ वर्ष भयो । बारीमा लटरम्म स्याउ फल्छ ।
बजार नपाउँदा स्याउ खेर गइरहेको छ । उनले एक रुपैयाँमा तीन दाना बेच्ने गरेका छन् । गाउँपालिकाले भने किलोको १५ रुपैयाँ निर्धारण गरेको छ ...बाँकी
दुई नेपाली सुरक्षाकर्मीसहित १६ जनाको ज्यान लिने गरी अफगानिस्तानकाे काबुलमा भएको तालिवानी आतंकवादीको आक्रमणपछि बढ्दो सुरक्षालाई लिएर त्यहाँ कार्यरत नेपालीहरूले आफूहरुलाई तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण गर्न वा घर फर्काउन नेपाल सरकारसँग माग गरेका छन् ।
सोमबारको आक्रमणमा १२ सर्वसाधारण समेत मारिएप...बाँकी
सरकारको स्वीकृतिमा दुग्ध विकास संस्थानले दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिहीबार दूधको मूल्यवृद्धि गर्ने निर्णय गरेको मन्त्रालयका सहप्रवक्ता प्रदीपचन्द्र भट्टराईले जानकारी दिए ।
‘हामीले मन्त्रालयमा निर्णय गरी दुग्ध विकास संस्थानलाई स्वीकृति दिएका छौं...बाँकी
नक्कली एटीएम कार्डमार्फत रकम चोरी प्रकरणमा भारतबाट झिकिएको भनिएको करिव १ करोड ५ लाख रुपैयाँ असुल हुन कठिन देखिएको छ । नेपाली एटीमबाट चोरी भएको करिव १ कारोड ८९ लाखमध्ये अधिकांश फेला परिसक्दा पनि भारतबाट चोरी भएको रकमबारे भने राष्ट्र बैंकलगायतका सरोकारवाला सबै निकाय मौन छन् ।
घटना अनुसन्धानका लागि ...बाँकी
मासिक १५ लाख तलब पाइने जागिर छाडेर नेपाल र नेपालीको नामका लागि पर्वतारोहण गर्ने उनको नाम नेपालीलाई भने विरलै थाहा छ । उनी हुन्– दाना गाउँपालिका– ३, म्याग्दीका निर्मल पुर्जा (निम्स) ।
बेलायती सेनाको ‘स्पेसल फोर्स’ मा रहेको निकै आकर्षक सेवा–सुविधा सहितको जागिर छाडेका उनले छोटो अवधिमै हिमाल आरोहणका ...बाँकी
दसैं–तिहार, छठ–रमजानलगायतका चाडपर्वलाई लक्ष्य गरी सरकारले भदौ २३ देखि सुपथ मूल्यका पसल सञ्चालन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवसहित मंगलबार बसेको बैठकले भदौ २३ देखि सहुलियत पसल सुरु गर्ने निर्णय गरेको हो ।
अघिल्लो वर्ष असोज १२ देखि सहुलियत पसल सञ्चालन भएका थिए । सहुलिय...बाँकी
दसैंको अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरकारबीच बसेको बैठक एक सातापछि पुनः बस्नेगरी स्थगित भएको छ ।
यातायात व्यवस्था विभागमा बुधबार बसेको बैठकमा आवश्यक कार्यहरु पूरा गरी एक सातापछि टिकट बुकिङको मिति निर्धारण गर्ने यातायात व्यवसायीहरुले बताए । ग्रामीण क्षेत्...बाँकी
वैशाखमा पहिलो पटक सुनसरीको धरानमा देखिएको डेंगु अहिले देशभर समस्याका रूपमा देखा परेको छ । राजधानी उपत्यका नै डेंगुको जोखिममा परेको छ । ज्वरो आएर अस्पताल जाने आधाजति बिरामीमा डेंगुको संक्रमण देखिन थालेको जानकारी चिकित्सकले दिएका छन् ।
पछिल्लो समयसम्म डेंगुको सङ्क्रमण ४२ जिल्लामा फैलिइसकेको छ । काठ...बाँकी
आफूहरूको मागलाई सरकारले बेवास्ता गरेको भन्दै ‘सीएमसीपीडित संघर्ष समिति’ ले मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण काम ठप्प पारेको छ । यसअघि विभिन्न माग राखेर आन्दोलन गरे पनि सरकारले बेवास्ता गरेको भन्दै बुधबारदेखि आयोजनाको काम ठप्प पारी सीएमसीपीडित संघर्ष समितिले आन्दोलन थालेको हो ।
आयोजनाको जिम्मा प...बाँकी