newskoseli.Com

जहाँ गाईवस्तुलाई स्याउको कुँडो ख्वाइन्छ : १ रुपैयाँमा ३ दाना, फल्छ १० लाख किलो

स्वामीकार्तिक खापर गाउँपालिका– ३, जुकोटस्थित महेन्द्रबहादुर शाहीको बारीमा १२ सय बोट स्याउ छन् । उनले स्याउखेती गर्न थालेको १५ वर्ष भयो । बारीमा लटरम्म स्याउ फल्छ ।

बजार नपाउँदा स्याउ खेर गइरहेको छ । उनले एक रुपैयाँमा तीन दाना बेच्ने गरेका छन् । गाउँपालिकाले भने किलोको १५ रुपैयाँ निर्धारण गरेको छ । उनले भने– ‘बारीमा आएर किलोमा त कोही किन्दैनन् ।’

लाखौं मूल्यको स्याउ खेर जाने गरेको बताउँदै उनले बताए– ‘किन्न कोही आउँदैन, बजार निकै टाढा छ । भरियालाई बोकाएर पुर्‍याउन सकिँदैन । स्याउको कुँडो बनाएर वस्तुभाउलाई खुवाउनुपरेको छ ।’

राजधानी र देशका अन्य भागमा बहुमूल्य फलफूलका रुपमा चीरपरिचित स्याउको उत्पादनस्थलमा कृषकले भोगिरहेको समस्यासम्बन्धी यो खबर पदमबहादुर सिंहको बाइलाइनमा आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर