newskoseli.Com

तलेजु भवानी मन्दिरमा दर्शनार्थीको भीड

महानवमीका दिन काठमाडौंको हनुमानढोकास्थित तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छ । प्रत्येक वर्ष दसैंको नवमीका दिन मात्र उक्त मन्दिर सर्वसाधारणका लागि खुला गरिने हुँदा भक्तजनको घुइँचो लागेको छ । दर्शनार्थीको भीड बढेपछि हनुमानढोका दरबार हेरचाह अड्डाका प्रतिनिधि तथा सुरक्षाकर्मीले भीड ...बाँकी

महाष्टमीको राति प्रहरी कारबाहीमा १ को मृत्यु

पर्सा प्रहरीको कारबाहीमा महाष्टमीको राति १ जनाको मृत्यु भएको छ । वीरगञ्ज उपमहानगरपालिका– १८ को सिरोमणि टोलमा रहेको कच्ची बाटोमा राति ८ बजे प्रहरीसँग भएको भीडन्तका क्रममा प्रहरीले चलाएको गोली लागी १ युवकको मृत्यु भएको प्रहरीको भनाइ छ । दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी पर्सा प्रहरीले जिल्लामा ...बाँकी

मुश्लिम समुदायको दसैं शुभकामना, सामाजिक सदभावको अनुपम उदाहरण

मुसलमान समुदायले दसैंका अवसरमा शुभकामना आदानप्रदान गरेको छ । कावासोती कोइलापानीमा बस्ने सो समुदायले पिस सेन्टर नेपाल तथा कोइलापानी मुस्लिम समाजको आयोजनामा भएको कार्यक्रममा बडादसैं, तिहार र छठका अवसरमा शुभकामना आदानप्रदान गरेको हो । कार्यक्रममा प्रहरी निरीक्षक हरिप्रसाद बिसी, पिस सेन्टरका महासचिव ...बाँकी

दलितले छुनैसम्म नपाउने ‘भगवतीमाई’ को मन्दिर !

यहाँका अधिकांश भगवतीमाईको मन्दिरमा दलित भनिएका समुदाय–जातिका स्थानीयवासीलाई प्रवेश गर्न दिइँदैन । भगवतीमाईको मन्दिर छोएमा अनिष्ट हुने र देवी रिसाउने भन्ने गलत मान्यताका कारण यहाँका दलित जातिले मन्दिर छुन नपाएका हुन् । दलित जातिका मानिसले भगवतीमाईलाई ल्याएका फलफूल, जमरा र अन्य प्रसादका सामग्री ब्र...बाँकी

दसैंभरि प्रहरीको निःशुल्क बस सेवा

दसैंका बेला यात्रुहरूको सुविधालाई ध्यानमा राखी शनिबारदेखि दसैं अवधीभर बिहान १० देखि बेलुकी ७ बजेसम्मका लागि ३ रुटमा नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको छ । दशैंका अवसरमा प्रहरीले प्रदान गरेको सुविधा सदुपयोग गर्न सर्वसाधारणमा नेपाल प्रहरीले अनुरोध गरेको छ । उक्त सेवाअन्तर्गत पहिलो रुटको ...बाँकी

संविधान कार्यान्वयनको जिम्मेवारी पूरा गरौं : अध्यक्ष ओली

पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानले निर्धारण गरेको समयमै संविधान कार्यान्वयनका सबै काम टुङ्ग्याउनुपर्ने बताएका छन् । शनिबार भक्तपुरको बालकोटस्थित ओली निवासमा प्रेस चौतारी नेपालको संयोजनमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् । उनल...बाँकी

फुलपातिका दिन दुर्गाका प्रतिमामा आँखाको नानी

मिथिलाञ्चलका दुर्गा मन्दिरमा फुलपातिका दिन दुर्गाको प्रतिमामा आँखाको नानी थपिने विधि रहेको छ । मिथिलाञ्चलमा निजी र सामूहिक रूपमा दुर्गापूजा गरिने चलन छ । सामूहिक पूजाअर्चना गर्दा आश्विन शुक्लपक्ष प्रतिपदाका दिन प्रतिमाको स्थापना गरिन्छ । प्रतिमाको स्थापना गरिँदा आँखा बनाइएको हुँदैन । सप्तमीका द...बाँकी

गोरखा दरबारबाट फूलपाती हनुमानढोका दरबारमा

गोरखा दरबारको दसैं घरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपाती सहितको डोली पठाइएको छ । शनिबार बिहान ११ बजे गोरखा दरबारको दसैं घरबाट विधिपूर्वक पूजाअर्चना गरिएको फूलपाती सुसारेको टोलीले हनुमानढोका दरबारतर्फ लगेका हुन् । बोलेरो जिपमार्फत फूलपाती हनुमानढोकातर्फ पठाइएको गोरखा दरबार हेरचाह अड्डाका ...बाँकी

खाद्यान्नको सट्टा रक्सी : १ किलो चामलको १ सय ६०

सिंगै देशलार्इ दसैंले छोपिरहँदा जिल्लाका काँडा लगायतका दर्जनौं गाउँमा खाद्यान्न सङ्कट भएको छ । सर्वसाधारण जङ्गली कन्दमूल र सिस्नु खान थालेका छन् । ग्रामीण भेगमा खाद्यान्न ढुवानी हुन सकेको छैन । व्यापारीले भने खाद्यान्न ढुवानी नगरी रक्सी ढुवानी गर्न थालेका छन् । ग्रामीण भेगमा खाद्यान्न ढुवानी गर्दा ...बाँकी

बढ्यो दसैंको चहलपहल, सहर रित्तिँदै–गाउँ भरिँदै…

नेपालीको महान् चाड बडादसैंको आगमनले पोखरा र आसपासमा केही दिनयता चहलपहल बढ्दै छ । दसैंलाई लक्षित गरी आवतजावत गर्नेको चाप सहरी क्षेत्रमा बढिरहेको छ भने दसैंका लागि गाउँ फर्कने क्रमले अघिपछि सुनसान रहने गाउँवस्तीमा खुसीयाली बढाएको छ । रोजगारीको खोजीमा गाउँ छाड्नुपर्ने युवाको बाध्यता भए पनि दसैंतिह...बाँकी