११ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
सिंगै विश्व कोरोनाभाइरस संक्रमणको महामारीमा पिल्सएको र नेपाल पनि त्यसैको चपेटामा एक महिनादेखि अस्तव्यस्त भैरहेका बेला एकाएक दुइटा असान्दर्भिक अध्यादेश जारी गराएर प्रधानमन्त्री केपी शर्मा ओलीले बजाएको ‘बेमौसमी बाजा’ सुरुमै पराजित भएको छ । समाजवादी पार्टी र राजपालाई फुटाएर ती दुवैका एक–एक कित्तालाई आफ...बाँकी
११ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
सरकारले दल विभाजनलाई सजिलो पार्ने गरी अध्यादेश जारी गरेकै पर्सिपल्ट मधेसकेन्द्रित दुई राजनीतिक दलबीच पार्टी एकता घोषणा भएको छ । बुधबार राति समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच पार्टी एकताको सहमतिपत्रमा हस्ताक्षर भएको हाे ।
एकीकरण समानताको आधारमा गरिने, एकीकृत पार्टीको नाम ‘...बाँकी
११ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसहितका चार विपक्षी दलहरुले हालै सरकारद्वारा जारी राजनीतिक दल विभाजन र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता नलिइए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । नेपाली कांग्रेस, समाजवादी पार्टी, राजपा र राप्रपाका शीर्ष नेताहरूको संयुक्त बैठकले यस्ताे चेतावनी दिएको हो ।
...बाँकी
१० बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
सत्तारुढ नेकपाको स्थायी कमिटीका २० जना सदस्यहरुले अध्यक्षद्वय खड्गप्रसाद ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुधबार पत्र लेखेर तत्काल स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउन आग्रह गरेका छन् । सरकारले हालै जारी गरेका दुइटा अध्यादेश र कोरोना संक्रमणको विषयमा छलफल गरी पार्टीलाई मार्गनिर्देश गर्न तत...बाँकी
८ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
सोमबार अपराह्न बसेको मन्त्रिपरिषदको बैठकले एकाएक दुई सन्देहास्पद अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्यो । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि लामै आन्तरिक गृहकार्यमा तयार भएको कुनै गम्भीर राजनीतिक ‘डिजाइन’ को झल्को आउने गरी कुनै परामर्श, सरोकारवालाहरुसँगको छलफल र सोचविचारको समय नै नलिई सिफारिस प्रा...बाँकी
६ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा प्रमाणित काेराेनाभाइरसकी दाेस्राे संक्रमित व्यक्ति प्रशिद्धि श्रेष्ठ २७ दिन टेकु अस्पतालमा उपचारपछि पूर्ण निकाे भएर शनिबार डिस्चार्ज भएकी छन् । १९ वर्षीया प्रसिद्धि पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएकी हुन् ।
चैत १० मा कोरोनाभाइरस पोजेटिभ देखिएपछि उनी राजधानीको टेकुस्थित शुक्रराज ...बाँकी
५ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
विश्वभर फैलिइरहेको र नेपाललाई समेत तीव्र चपेटामा पारिरहेको कोरोना महामारीका बीच पनि राज्यले अमानवीय ढंगबाट बन्दी बनाइरहेका सांस्कृतिककर्मी तथा राजबन्दीहरूको जीवनरक्षाका लागि ३२ जना लेखक, प्राध्यापक, पत्रकार र सामाजिक अभियन्ताहरूले शुक्रबार संयुक्त अपिल जारी गरेका छन् । नेपाल, भारत र विश्वभर बन्दी जी...बाँकी
४ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
मंगलबार यता सप्तरी, धादिङ, काभ्रे, काठमाडौंलगायत विभिन्न स्थानका करिव आधा दर्जन नागरिकमा कोरोना संक्रमण भेटिएको भन्दै आएका खबरहरू अन्ततः झुटो सावित भएका छन् । र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) का क्रममा ‘पोजेटिभ’ देखिएका ती सबैमा पीसीआर परीक्षणबाट ‘नेगेटिभ’ आएकाले विगत २४ घन्टामा गरिएको परीक्षणमा...बाँकी
४ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
लकडाउन उल्लङघन गरेको भन्दै प्रहरीले चिकित्सकमाथि कुटपिट गरेको छ । त्रिभुवन शिक्षण अस्पतालका रेजिडेन्ट डाक्टहरू शम्भु खनाल, तेजप्रकाश शाह र विकास शाहमाथि प्रहरीले बुधबार साँझ कुटपिट गरेका हुन् ।
क्यान्टिनमा खाना खाएर कोठामा फर्कने क्रममा प्रहरीले चिकित्सकहरुमाथि कुटपिट गरेको हो । अस्पतालबाट कान्ति...बाँकी
४ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
विश्व महामारीको रुप लिइरहेको कोरोनाभाइरस (कोभिड– १९) बाट बिहीबार (४ वैशाख, २०७७) बिहानसम्म संसारभरमा २०,८३,६०७ जना संक्रमित भएका छन् । यो महामारीका कारण यतिबेलासम्म १,३४,६३२ जनाले ज्यान गुमाइसकेका छन् । काेराेना संक्रमण निको हुनेको संख्या ५,१०,६६६ रहेको छ भने १४,३८,३०९ जना उपचाररत छन् । उपचार गराइरह...बाँकी