प्रम ओलीले विकास निर्माण गर्छु, संसारसँग रेल र पानीजहाजले नेपाललार्इ जोड्छु भन्दा मजाकमा उडाउनेहरू हो ! प्रम ओलीले नेपालमा हवाइसेवा बन्द गर्छु, टेलिफोन सेवा खारेज गर्छु आदिजस्ता कुरा गरे भने तिमीहरू ताली बजाउँछौ ?
‘उडी छुनु चन्द्र एक भन्ने महाकवि बन्ने, रेल र पानीजहाज चलाउँछु भन्ने महापागल कसरी ?’
‘रेल र पानीजहाज असम्भव भन्नेहरूको फोटो खिचम है साथी हो, पछि कन्डक्टरलाई दिनुपर्छ, अनि हेरम् कसरी चढ्लान् !’
‘रेलको ड्राइभर हुन ट्रायल दिनुपर्ने कि नपर्ने हो ?’
‘पानीजहाजको खलासी बन्ने हो अब ।’
केही दिनदेखि यस्तै गफगाफ सामाजिक सञ्जाल, चिया चौतारी, क्याफे, चौर, बजार सबैतिर छाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले रेल चलाउने उद्घोष गरेदेखि सुरू भएको छुकछुके हाँसो पानीजहाजको परिकल्पनाको बुई चढेर हिन्द र प्रशान्त महासागरको छाल उर्लेसरी उर्लियो । अहिले अलि साम्य हुँदै यसको पक्ष र विपक्षमा स्पष्ट दुई धार सिर्जना भएका छन् ।
सम्भव छ भन्ने पक्षले #imwithkpoli# जस्ता अभियानै चलाएर लागिपरेका छन् । पानीजहाज र रेलको इतिहास खोतल्दा समकक्षी भूपरेवेष्ठित मुलुक मंगोलियाका २ सय ६ पानीजहाज समुद्रमा चलिरहेको देखी नेपालले पनि वि.सं. २०२७ मा नेपाली झन्डाअंकित पानीजहाज किनेको प्रसंग चर्चामा छ । नरेन्द्रलक्ष्मी नामकाे सो पानीजहाज कोलकत्ता बन्दरगाहमा आएर नेपालले किस्ता नतिरेपछि फिर्ता भएको तथा वि.सं. २०३४ मा पनि पानीजहाज भित्र्याउने दोस्रो गरिएकाे र त्याे पनि असफल भएकाे दृष्टान्त छ ।
अाेलीकाे भनाइका समर्थकहरूले सम्भावनाका खाका देखाएर हरसम्भव सम्भावनाको बलियो पक्ष उजागर गर्ने प्रयत्न गरिरहेका छन् । ओलीका समर्थक भन्छन्– ‘ओलीले बोलेर केही बिगारेनन् बरू यसबाट निराशाका बीच केही आशा थपिएको छ ।’
अर्को पक्षले यो सबैलाई ओलीको स्वैरकल्पनाका रूपमा उल्लेख गर्दै कागजका डुङ्गा बनाएर पानीमा तैराउँदै विभिन्न कार्टुन र जोक्स बनाएका छन् । अाेलीबाट देशको वर्तमान आवश्यकता विपरीतकाे अतिरञ्जना र अतिमहत्वकांक्षी भनाइ आएको आलोचकहरुको टिप्पणी छ ।
चीनबाट नेपालका लागि भनेर रेल गुड्दा भारतीय मिडियाले ‘ड्रागन के कब्जे में नेपाल’ भारत के कुटनीतिक हार’ भन्दै कोकोहोलो मच्चाइरहेका थिए । यसमा नेपाली जनस्तरदेखि भारत र चीनसम्मको चासो हृवात्तै देखियो ।
दुवै पक्षका विचारहरू वास्तवमा स्वाभाविक नै हुन् । समर्थकले भनेजस्तो प्रधानमन्त्री ओलीका सुन्दर परिकल्पना युगअनुरूप नै हुन् । सपना देख्नेले नै केही गर्ने सामर्थ्य राख्छ । यी काम ओलीकै कार्यकालमा असम्भव भए तापनि भविष्यका लागि भने परिवर्तनका पक्षमा आधार अवश्य बन्न सक्छन् ।
कल्पनामा रमाउने मानवीय स्वभावले नै परिवर्तन सम्भव भएको हो । मानिसले आफ्नै लागि बनाएका कल्पना त साकार हुन समय लाग्छ भने देशको सन्दर्भमा पनि समय त अवश्य लाग्छ नै ! एकै चुट्कीमा सम्भव छ भनिएको होइन ।
अाेलीका भनाइ असम्भव देख्ने पक्षले भनेजस्तो ओलीले दुवै खुट्टा उचालेर यावत् समस्याको धरातल टेक्न भुलेका छन् । जनताले बुझ्ने भाषामा कार्यक्रम नल्याई जिम्मेवार पदका व्यक्तिले भाषालाई नतौलिई सर्वसाधारणलार्इ हँसाउन मात्र भनेजस्तो पनि देखिको छ । तर, ओलीको भनाइमा गाम्भीर्यता पनि देखिन्छ ।
भुक्ने कुकुरले टोक्दैन, पुच्छर लुकाएर चुपचाप र्याल चुहाएर बस्ने कुुकुरले नै टोक्छ । यसो भन्दैमा कुकुरसँग मान्छेलार्इ तुलना गर्न मिल्छ र ? एक्कार्इसाैं शताब्दीका हामी र हाम्रा अत्याधुनिक डिजिटल मिडिया केका लागि त ? चुपचाप शासन गर्ने हो भने, बोल्दै नबोल्ने हो भने किन चाहियो त लोकतन्त्र ? त्यति बेलाका महाराजकै शासन ठीक थियो नि, कमसेकम उनी ‘कुरा बुझें’ त भन्थे तर के बुझेका हुन्, कसैलार्इ भन्दैनथिए । आखिर जनताले देखाइदिए कुरा बुझेको र नबुझेको ।
सम्भावनाका आधारका रूपमा चीनबाट नेपालका लागि सिगात्गोसम्म रेल आउनु र चीनसँगको पारबहन सम्झौतापश्चात पानीजहाजको परिकल्पना गर्नु हास्यास्पद हुन सक्दैन । यसले तत्कालमा पछिल्ला विकासे परिकल्पनाका लागि मानसिक रूपमा जनतालाई तयार पार्न सकेको छ ।
वास्तवमा ओली कुनै ग्रहबाट आएका प्राणी थिएनन्, जसले जादुको भरमा छिनमै कायापलट गर्न सकुन् । त्यसका लागि समय र साथ आवश्यक छ । अहिलेको सरकारका सत्तासहयात्री भरपर्दो छैनन् त्यसैले सरकार टिक्ने अनिश्चितताका कारण दूरदर्शी निर्णय लिन खोज्दा जो कोही पनि स्वप्नदर्शी देखिनु अस्वाभाविक होइन । उनले यही विश्वपरिवेशमा भइरहेका र देखेका केही किलोमिटर दुरीका सम्भावनाका कुरा न गरेका हुन् ।
एउटा कार्यकारी नेतृत्वले आफ्ना कार्यक्रम जनतासामु राख्न पाउनुपर्छ र अगाडि बढ्न पाउनुपर्छ । नबढे भविष्यको फैसला जनताको हातमा हुनेछ । जसका लागि जननिर्वाचित कार्यकारीलार्इ निश्चित समयसम्मको सत्ताको सुनिश्चितता हुनुपर्दछ । देशको कार्यकारीले निश्चित आधारसहित भाषण गरेर जनतालाई सुसूचित गर्दै भाषणअनुरूप शासन गर्नुपर्दछ ।
हो, भुक्ने कुकुरले टोक्दैन, पुच्छर लुकाएर चुपचाप र्याल चुहाएर बस्ने कुुकुरले नै टोक्छ । यसो भन्दैमा कुकुरसँग मान्छेलार्इ तुलना गर्न मिल्छ र ? एक्कार्इसाैं शताब्दीका हामी र हाम्रा अत्याधुनिक डिजिटल मिडिया केका लागि त ? चुपचाप शासन गर्ने हो भने, बोल्दै नबोल्ने हो भने किन चाहियो त लोकतन्त्र ? त्यतिबेलाका महाराजकै शासन ठीक थियो नि, कमसेकम उनी ‘कुरा बुझें’ भन्थे तर के बुझेका हुन्, कसैलार्इ भन्दैनथिए ।
प्रम ओलीले विकास निर्माण गर्छु, संसारसँग रेल र पानीजहाजले नेपाललार्इ जोड्छु भन्दा मजाकमा उडाउनेहरू हो ! प्रम ओलीले नेपालमा हवाइसेवा बन्द गर्छु, टेलिफोन सेवा खारेज गर्छु अादिजस्ता कुरा गरे भने तिमीहरू ताली बजाउँछौ ? होइन भने, तिमीहरूले बुझ्नुपर्ने कुरा के हो भने राइट ब्रदर्सले आकासमा चराजस्तै उड्ने यन्त्र बनाउँछौं भन्दा पागल भन्नेहरूले केही समयमा नै आकाशमा हवाइजहाज उडेको देखेका थिए । यो समयमा बोलेरै काम गर्ने हो । आफ्नो जे गर्ने योजना छ बोल, तिमीले नसके अरू शासकले पूरा गर्छन् । पाइला नरोक, गो अहेड ओली बा !