नेपाली कांग्रेस
नेपाली कांग्रेस पुुरानो संसदवादी दल हो र त्यसले आफूूलाई संसदीय लोकतन्त्रको मूल प्रतिनिधि ठान्दछ । परन्तुु, त्यो वैचारिक तथा राजनीतिकरुपमा पुुरानै ठाउँमा छ र त्यसले आफूूलाई बाह्यरुपमा पनि नयाँजस्तो देखाउन सकेको छैन ।
त्यसले एकातिर दलाल तथा नोकरशाही पुुँजीपति एवम् सामन्तवर्गका हक–हितको प्रतिनिधित्व र अर्कोतिर साम्राज्यवाद तथा विस्तारवादको दलाली गर्दछ । त्यो यथास्थितिवादी मात्र नभई पश्चगामी शक्ति पनि हो र त्यसको गन्तव्य अतीततिर नै सोझिँदै गएको छ ।
नेकपा (एमाले)
हिजोको माले–एमाले र भर्खरै डबल नेकपाबाट सर्वोच्च अदालतद्वारा पुुरानै नाममा बहाल गरिएको एमालेले एकातिर बाह्यरुपमा निकै तामझामका साथ आफूूलाई निकै उपल्लो तहको शक्ति देखाएर महाधिवेशन गर्यो भने अर्कोतिर आन्तरिकरुपमा वैचारिक तथा राजनीतिक दृष्टिले बहुलवादी संसद्वादी विचारधारालाई यथावतै अवलम्बन गर्न पुुग्यो ।
अर्को शब्दमा भन्नुपर्दा रुपमा त्यसले आफूूलाई ‘महाकम्युनिस्ट’ देखाउने धृष्टता गरेको छ भने सारमा कांग्रेसी संसद्वादभन्दा पनि अझ पर प्रतिगामी स्वरुपको सर्वसत्तावादलाई आफ्नो गन्तव्य बनाउन र साम्राज्यवाद तथा विस्तारवादको दलाली गर्न पुुगेको छ ।
नेकपा (माओवादी केन्द्र)
एमालेमा बिलिन भई डबल नेकपा बनिरहने मनसुवा भए पनि अदालतद्वारा पुुनर्बहाली भई पुुरानै भेषमा प्रकट हुन बाध्य भएको माओवादी केन्द्र सम्मेलन गर्ने भन्दै आएकामा अचानक महाधिवेशनमा छलाङ् हान्न पुुग्यो । त्यसले रुपमा आत्मालोचनाको स्वाङ रची ‘नयाँ विचार’ र ‘नयाँ पार्टी’ को कुरा गरे पनि सारमा संसद्वाद, बहुलवाद, पुुरानो राज्यसत्ता तथा संविधानको पक्षमा उभिई तिनको संरक्षण गर्ने थप प्रतिबद्धता जाहेर गर्न र शान्तिपूर्ण तरिकाले समाजवादमा जाने घोषित दक्षिणपन्थी संशोधनवादी विचारलाई निर्लज्ज ढङ्गले स्वीकार्न पुुगेको छ ।
हिजोको ‘एक्काईसौं शताब्दीको जनवाद’ ले नेपाली क्रान्तिलाई संसद्वादको भासमा डुबायो भने अहिलेको ‘एक्काईसौं शताब्दीको समाजवाद’ ले त्यसभन्दा पनि अझ पर सामाजिक फासीवादमा पुुर्याउने निश्चितै देखिन्छ । यस समूहको नेतृत्वले पनि साम्राज्यवाद तथा विस्तारवादको चरम दलाली गर्दै आएको छ ।
नेकपा (मसाल)
रुपमा नयाँ जनवाद र दीर्घकालीन जनयुद्धको आकर्षक साइनबोर्ड झुुण्ड्याएर सारमा पुरानो राज्यसत्ता तथा संसद्वादी संविधानको मोहपासमा बल्झिएको नेकपा (मसाल) संसद्वादी सरकारको गठबन्धनमा मिसिएर नेपालमा ‘मिलेराँवादी राजनीति’ को पक्षमा रहँदै आएको थियो ।
सरकारले एमसीसी परियोजना अनुमोदन गर्ने निर्णय गरेपछि यो समूह गठबन्धनबाट अलग्गिन पुगे पनि सरकारलाई दिएको समर्थन यथावतै रहने निर्णय गरेको छ । यसले यो समूहको अवसरवादी चरित्रलाई स्पष्ट गर्दछ ।
विप्लव नेकपा
‘एकीकृत जनक्रान्तिको सिद्धान्त’ विकसित गरेको दावी गर्दै आएको विप्लव नेतृत्वको नेकपाले सबै राजनीतिक समस्या सम्वादमार्फत् समाधान गर्ने र शान्तिपूर्णरुपमा जाने भनी ओली सरकारसँग गतसाल तीनबुँदे सम्झौता गरेको स्पष्ट नै छ ।
साथै, त्यसयता त्यस समूहले दलाल पुँजीवादी राज्यसत्तासित ‘जनमतसङ्ग्रह’ गरी समाजवादमा जान सकिन्छ भनेर शान्तिपूूर्ण सङ्क्रमण तथा प्रतिस्पर्धाको बाटो पकडी तीव्र बेगमा दक्षिणपन्थी संशोधनवादतिर उन्मुख बन्दै जान खोजेका देखिन्छ । त्यसो नहोस् भन्नका खातिर हामीले सक्दो प्रयास गर्नु जरुरी छ ।
अहिले नेपाली राजनीतिमा मूलतः तीन धारा क्रियाशील रहेका छन्, ती हुन्– पश्चगामी, यथास्थितिवादी र क्रान्तिकारी । पश्चगामी धाराको प्रतिनिधित्व राजावादीहरु र यथास्थितिवादी धाराको प्रतिनिधित्व संसद्वादीहरुले गरिरहेका छन् भने क्रान्तिकारी धाराको प्रतिनिधित्व सर्वहारावादी, देशभक्त तथा वामपन्थीहरुले गर्दै आएका छन् ।
यद्यपि आज क्रान्तिकारी धारा कमजोर छ तर त्यो नयाँ विचारधारा, क्रान्तिकारी ओज र उज्ज्वल भविष्यले युक्त रहेको छ । सच्चा कम्युनिस्ट क्रान्तिकारीहरु एकताबद्ध हुने प्रक्रिया विकसित हुँदै गइरहेको छ । त्यस दिशामा हामीले आफ्नो पहललाई अझै प्रभावकारी ढङ्गले बढाउनु जरुरी छ ।
हालै सम्पन्न नेकपा (क्रान्तिकारी माओवादी) को केन्द्रीय समितिको बैठकमा महासचिव किरणद्वारा प्रस्तुत भई परिमार्जनसहित पारित ‘वर्तमान राजनीतिक परिस्थिति र हाम्रो कार्यभार’ शीर्षक दस्तावेजको अंश, शीर्षक हामीले दिएका हौं– सम्पादक ।