newskoseli.Com

प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया : स्वास्थ्य स्थिर, केही दिन अस्पताल बस्नुपर्ने

त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’ मा प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा मंगलबार बिहान सो अस्पताल पुगेका थिए । उहाँलाई एपेन्डिसाइटिस भएको पत्ता ...बाँकी

एउटै मण्डपमा १०८ जोडीको विवाह !

विवाह पञ्चमीको अवसरमा १०८ जोडी वर–कन्याको एउटै मण्डपमा विवाह हुने भएको छ । ‘माता’ जानकीको जन्मभूमि जनकपुरधाममा मङ्सिर १५ मा हुन लागेको विवाह पञ्चमी महोत्सवमा १०८ जोडी सर्वसाधारण वर–कन्याको सामूहिक विवाह हुन लागेको जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले बताएका छन् । जनकपुरस्थित जानकी मन्दिर...बाँकी

पशुपति क्षेत्र विकास कोषमा थपिए तीन सदस्य, को–को हुन् ?

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् सदस्यमा तीन जना सदस्य मनोनीत भएका छन् । कोष सञ्चालक परिषद् अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको मन्त्रीस्तरीय निर्णयअनुसार संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोला, विश्वकरण जैन र आशा पाण्डे सदस्य पदमा मनोनीत भएका हुन् । संस्कृ...बाँकी

चुनावको मुखैमा वडाध्यक्षको गाडीमा बम विष्फोट

पोखरा महानगरपालिका– ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको पोखरा– १७, हिमालीटोलस्थित निवासमा पार्किङ गरी राखिएको गाडी बम विष्फोट गरी ध्वस्त पारिएको छ । सोमबार बिहान पौने ३ बजेतिर ग २ च ४२६ नम्बरको वडाध्यक्ष आचार्य चढ्ने हाइलक्स गाडीमा बम विष्फोट गराइएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख विनोद शर...बाँकी

नेपालको वास्तविक नयाँ नक्सा सार्वजनिक : राष्ट्रसंघमा पुर्‍याइने, अन्तर्राष्ट्रियकरण गरिने

लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको वास्तविक नक्सा सार्वजनिक गरिएको छ । नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियान अन्तर्गतको नक्सा समितिले तयार पारेको नक्सा आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी सार्जजनिक गरिएको हो । नागरिक अगुवा एवं सीमा बचाऊ अभियानका संयोजक भैरव रिसालले नक्...बाँकी

आकाशमा अनौठो विमान, उपत्यकावासी अचम्मित !

शनिबार बिहान राजधानीको आकाशमा अनौठो विमान देखा परेपछि उपत्यकावासी अचम्मित भएका थिए । राजधानीलाई दुई फन्को लगाएको उक्त अनौठो जहाज कहाँबाट नेपाल प्रवेश गर्‍यो र कुन प्रयोजनका लागि सो विमानले राजधानीको परिक्रमा गर्‍यो भन्ने विषयमा कसैले पनि उत्तर दिन सकेन । उक्त विमान भारतीय एयरफोर्सको भएको हवाई क्ष...बाँकी

केन्द्रीय सदस्य प्रसाईंले छाडिन् समाजवादी पार्टी

समाजवादी पार्टी नेपालकी केन्द्रीय सदस्य देवकला प्रसाईंसहित झापाका केही कार्यकर्ताले सो पार्टी परित्याग गरेका छन् । प्रसाईंसहित सो पार्टीको १ नम्बर प्रदेश कमिटीकी सदस्य पनिता ढकाल, सङ्घीय परिषद् सदस्य उदय गुरुङ, शिल्पी मोर्चाका केन्द्रीय सदस्य बुद्ध बराइलीलगायतले समाजवादी पार्टी परित्याग गरेका हुन...बाँकी

अझ झुक्याउँदै भारत : ‘काली नदी’ शब्द मेटेर फेरि उही नक्सा सार्वजनिक

नेपालको लिम्पियाधुरा क्षेत्रको भूभाग समेटेर भारतले फेरि दोस्रो पटक आफ्नो नक्सा सार्वजनिक गरेको छ । नेपाल र नेपालीलाई झुक्याउने यो हर्कतसँगै तीव्र विरोध सुरु भएको छ । यसअघि सार्वजनिक गरेको नक्सामा रहेको ‘काली नदी’ शब्द मेटेर उसले त्यही नक्सा सार्वजनिक गरेको हो । नदीको नाम नै मेटेर भारतले त्यो भूभा...बाँकी

फेवातालमा छाडिए १० हजार भुरा

विश्व मत्स्य दिवस, २०७६ का अवसरमा पोखरास्थित फेवातालमा माछाका १० हजार भुरा छाडिएका छन् । आयातीत माछाका प्रजातिका कारणले परम्परागत र स्थानीय माछा लोप हुने खतरा बढेपछि मत्स्य अनुसन्धान केन्द्र पोखराले बिहीबार फेवातालमा सहर जातका माछाका भुरा छाडेको हो । स्थानीय प्रजातिका माछाको सङ्ख्या बढाउने उद्देश...बाँकी

दशकदेखि सडकमा बस्दै आएका मनोरोगीको भयाे उद्धार

थाक्रे गाउँपालिका, धादिङका जनप्रतिनिधि, विद्यालयका शिक्षक, स्वास्थ्यकर्मी, समाजसेवी, स्थानीय राजनीतिक दलका प्रतिनिधिलगायतका लागि मनोसामाजिक समस्याबारे एकदिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ । ‘मानसिक एवं मनोसामाजिक सुस्वास्थ्यका लागि राष्ट्रिय अभियान नेपाल’ नामक संस्थाको प्राविधिक सहयोग र थाक...बाँकी